विराटनगर,२५ बैशाख / विश्व रेडक्रस दिवसको अवसरमा मोरङमा विभिद कार्यक्रम आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी मोरङ शाखा अन्र्तगत ‘रेस टु’ परियोजनाले विश्व रेडक्रम दिवसको अवसरमा विभिद कार्यक्रम गरी मनाएको हो ।
‘रेडक्रस सवैकालागि सबै ठाउमा के तपाईलाई थाहा छ ?’ भन्ने नाराका साथ सोमवार विराटनगर स्थित कोशी अञ्चल अस्पतालमा भर्ना भएका विरामीहरुलाई फलफूल वितरण गरिएको थियो । रेडक्रस जिल्ला पदाधिकारीहरुको उपस्थितीमा अस्पतालमा भर्ना भएका विरामीलाई फलफूल वितरण गरेको हो ।
दिवसका अवसरमा रेडक्रसको मोरङ जिल्ला शाखामा स्थापित रेडक्रसका संस्थापक जाँ हेनरी ड्युनाको सालिकमा माल्यार्पणगरिएको थियो ।
रेडक्रस मार्फत सञ्चालित ‘उत्थानसिल समुदाय निर्माणका लागि विपद जोखिम न्यूनीकरण कार्यक्रम’ (रेस टु) परियोजना लागु भएका मोरङका साविक मधुमल्ला, केरौन र सोराभाग गाविसका परियोजना सञ्चालित समुदायहरुमा हाजिरी जवाफ लगायत अन्य गतिविधि गरिएको थियो ।