AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

बूढानिलकण्ठ स्कूलमा बुद्घ जयन्ती मनाईयो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ बैशाख २०७४, सोमबार १८:२४
117
Shares
विराटनगर, २५ बैशाख / विराटनगर – २ (साविक ३) मा रहेर शान्त वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बूढानिलकण्ठ अ. मा. वि. मा विभिन्न कार्यक्रमका साथ आज २५६१ औं बुद्घ जयन्ती मनाएको छ ।
बुद्घ जयन्ती भन्दा दुइ दिन अगाडी मनाएको उक्त कार्यक्रमको कक्षा नर्सरी देखि कक्षा तिन सम्मका विद्यार्थीहरुले भिक्षु बनेर मञ्चको रोनक बढाएका थिए । कक्षा यूकेजीका ऋदीस पौडेल र कक्षा एकका विवेस चौधरी गौतम बुद्घको भेषमा मञ्चको अग्रभागमा रहेको बोटको छेउमा ध्यान गरीरहेका देखिन्थे, नाट्य मञ्चनको क्रममा बुद्घको भुमिका कक्षा १० का दिपल बंञ्जाराले निर्वाह गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले दुई–दुई वटा शान्ति गित गायन तथा नृत्य समेत प्रस्तुत गरी उपस्तीत शिक्षक तथा अभिभावकलाई भरपूर्ण प्रदान गरेका थिए । साथै विद्यार्थीहरुले गौतम बुद्घमा समर्पित अंग्रेजी भाषामा एक नाटक प्रस्तुत गरेका थिए । सो नाटकमा कक्षा पाँच देखि दस सम्मका विद्यार्थीहरु सहभागी रहेको थियो ।
आयूष पुगलियाले गौतम बुद्घ सम्वन्धि बक्तव्य दिएका थिए भने कार्यक्रमको आकर्षण सेतो पोसाक पहिरिएका ६ जना छात्रा र ३ जना छात्रहरुको सामूहिक नृत्यमा थियो साथसाथै कक्षा पाँच सम्म अध्ययनरत विद्यार्थीद्घारा प्रस्तुत सामूहिक नृत्य पनि त्यतिकै आकर्षक रहेको स्कूलका प्रिन्सिपल मणीराज भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर