CLASSICTECH NET

तस्करीको बाटोमा डोजर

खबर पूर्वाञ्चल, २४ बैशाख २०७४, आईतवार २०:१६
विराटनगर, २४ बैशाख । गिट्टी र बालुवा सहित नदीजन्य पदार्थ नेपालबाट भारततर्फ अवैध रुपमा तस्करी गर्नका लागि बनाइएको सडक प्रशासनले जोडर लगाएर भत्काएको छ । नेपाल–भारत सीमानाको दशगजा क्षेत्रमा बनाइएको सडक डोजर लगाएर भत्काइएको हो ।
नेपाल र सशस्त्र प्रहरीले विराटनगर १४ दरैयावस्तीबाट सीमावर्ती भारतको टिकुलिया वस्तीतर्फ नदीजन्य पदार्थ तस्करी गर्नका लागि बनाइएको नयाँ सडक भत्काइदिएको हो ।
सडक भत्काउन भारतीय सीमा सुरक्षा वल (एसएसवी) र भारतीय प्रहरीले पनि सहयोग गरेका थिए । तस्करीमा संलग्नले नेपालको गिट्टी र बालुवा भारत कटाउनका लागि डोजर लगाएरै सडक निर्माण गरेका थिए । निर्माण गरिएको सडकबाट प्रहरीको आँखा छल्दै नदीजन्य पदार्थ भारत कटाउने गरिएको थियो ।
सडक भत्काएर कुनै पनि सवारी साधन आवतजावत गर्न नसक्ने बनाइएको छ । सीमावर्ती नाकाबाट हुने गरेको तस्करी नियन्त्रणका लागि सबैतिर कडाई गरेसंगै तस्करीमा संलग्नले ढुंगा, गिट्टी र बालुवा भारत कटाउनका नयाँ सडक बनाएको प्रहरीले जनाएको छ ।
अवैध रुपमा हुने तस्करी नियन्त्रणकै लागि भारतको टिकुलियावस्ती हुँदै नेपालतर्फ प्रवेश गर्ने दरैयावस्तीमा २४ घण्टा नै प्रहरी परिचालन गरिएको छ । तस्करीमा संलग्नले प्रहरी परिचालन गरिएको स्थान भन्दा लगभग तीन सय मिटर पश्चिममा नयाँ सडक निर्माण गरेर त्यहाँबाट ढुंगा, गिट्टी र बालुवा भारततर्फ अवैध रुपमा कटाउन सुरु गरेको पत्ता लागेपछि सडक भत्काइएको सीमा प्रहरी चौकी विराटनगरका प्रहरी नायव निरीक्षक फिरोज चौधरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

greenland college
KANTIPUR

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५