पूर्वाञ्चल खबर
२१ बैशाख २०७४, बिहीबार २२:३२
विराटनगर, २१ बैशाख / विराटनगरका युवा गायक नितिन गजुरेलको नयाँ गितको म्युजिक भिडियो अमेरीकामा छायांकन भएको छ ।
रोशन पुरीले उक्त म्यूजिक भिडियो निर्देशन गरेका हुन् । आँखाले हेरु ओठले मुस्काउ नामक गितको भिडियो अमेरीकामा छायांकन भएको गायक गजुरेलले जानकारी दिए ।
गायक तथा शिक्षा उद्यमी गजुरेलले १ सय भन्दा बढी गीत रेकर्ड गराएका छन् भने नेपाली चलचित्रमा पनि गीत गएका छन् ।
भिडियो गीतको रचनाकार तथा संगीत मनिष प्रसाईले दिएका छन् भने गीत रिमा केसी तथा राहुल केसीको अभिन्य रहेका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?