विराटनगर, २१ बैशाख / विराटनगर उपमहानगरपालिका ४ र ५ को सिमाना हुँदै निर्माण गर्न लागिएको नालाको काम विवादमा परेको छ । गणेशचोकदेखि पुलचोक सम्म अढाई किलोमिटर नाला निर्माणको काम विवादमा परेको हो ।
मझौला शहरको वातावरणीय तथा एकीकृत विकास परियोजना अन्तर्गत एडीबीको सहयोगमा कालिका कन्सट्रक्सनले सर्भे सकेर नाला निर्माणको काम सुरु गरेको थियो । तर काम सुरु भए लगत्तै स्थानीय बासिन्दा विरोधमा उत्रिएका छन् ।
वैज्ञानिक हिसावमा नाला निर्माणको काम नभएको र परियोजना्दाको मर्म र भावना विपरित काम सुरु गरिएप%Aीयको छ । उनीहरुले साविकको सडक ‘क्लियर’ गरेर मात्र नाला निर्माण गर्न आग्रह गरिरहेका छन् ।
स्थानीय केदार घिमिरेले साविकको सडक ‘क्लियर’ गरेर दुईतर्फी नाला निर्माणको काम गर्नु पर्नेमा पक्की सडकलाई आधार बनाएर काम सुरु गरिएपछि काम विवादमा परेको बताए । ‘सडक ‘क्लियर’ गरेपछि नपुगेमा दुईतर्फी अतिक्रमण गर्न दिन स्थानीय मञ्जुर छन,’ उनले भने, ‘तर स्थानीयको मर्म र भावना विपरित पक्की सडकको बीच भागलाई मात्र आधार मानेर काम सुरु गरिएको छ ।’
घिमिरेका अनुसार स्थानीय बासिन्दाको मर्म र भावना विपरित काम सुरु गरिएपछि विवाद उत्पन्न भएको हो । उपमहानगरपालिका भित्र २५ मिटर चौडाईको सडक हुनु पर्ने मापदण्ड छ ।
त्यही मापदण्ड अनुरुप परियोजनाले पक्की सडककोबीचबाट दुबैतर्फ १२ दशमलव पाँच मिटर सडक निकालेर दुईतर्फी नाला निर्माणको काम गर्न थालेको परियोजनाका इन्जिनियर भरत न्यौपानेले बताए ।
नाला निर्माणका क्रममा सडकको मापदण्डमा परेका संरचना भत्किने जानकारी दिंदै न्यौपानेले भने, ‘कसैको विरोध र अवरोधले काम रोक्न मिल्दैन । काम रोकियो भने सबै विकास निर्माण नै रोकिन्छ ।’ उनका अनुसार असार मसान्त भित्र निर्माण सम्पन्न गर्नु पर्ने भएकाले दु्रत गतिमा काम सुरु गरिएको छ ।