AArya
RUMPUM
animated ellipse animated ellipse

सचेतनामूलक र्याली

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ बैशाख २०७४, बिहीबार १८:५९
3
Shares
विराटनगर, २१ बैशाख / नेपाल सरकारले मेरो बर्ष २०७४, म स्वथ्य र मेरो देश स्वस्थ भन्ने अभियानलाई सार्थक बनाउन आज विराटनगरमा सचेतनामूलक र्यालीको आयोजना गरेको छ ।
जिल्ला जनस्वास्थय कार्यालयबाट निस्केको र्यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । र्यालीमा सहभागीहरुले म रक्सी, चुरोट र सुर्तिजन्य पदार्थ खान्न, म नियमीत व्यायाम गर्छु, । म स्वस्थ र पोषिलो खाना खान्छु, म नियमित स्वास्थ्य परिक्षण गराउछु, म मेरो परिवार र सुमदायको स्वास्थ्यप्रति सजग रहने छु लगायतका प्लेकार्ड बोकी नाराबाजी गर्दे नगरको परिक्रमा गरेका थिए ।
कार्यक्रममा बोल्दै जनस्वास्थ्य प्रमुख चन्द्रदेव मेहेताले नेपालमा ६० प्रतिशत भन्दा बढी व्यक्तिहरु नसर्ने रोगका कारण मर्ने गरेको भन्दै नेपाल सरकारले विभिन्न प्रकारका सचेतनामूलक कार्यक्रम गर्दे आएको जानकारी दिए । ¥यालीमा नर्सिङ कलेजका विद्यार्थी, जनस्वास्थ्य कार्यालयका प्रतिनिधि, चिकित्सकलगायतका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर