AArya
RUMPUM
animated ellipse animated ellipse

दलितलाई लक्षित गरी तीन महिने कम्प्युटर मर्मत तालिम शुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ बैशाख २०७४, बिहीबार १५:१४
3
Shares
उर्लाबारी, २१ बैशाख/ दलितलाई लक्षित कार्यक्रम अन्तर्गत उर्लाबारीमा तीन महिने कम्प्युटर मर्मत तालिम शुरु भएको छ । उर्लाबारी नगरपालिकाको आयोजनामा उर्लाबरी–७ स्थित सोलुशन कम्प्युटर सेन्टरमा तालिमको शुरु भएको हो ।
उर्लाबारी नगरपालिकाका इन्जिनियर निरञ्जनकुमार राउतको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा दलित समन्वय समिति उर्लाबारीका अध्यक्ष यामलाल रसाइली,अन्तरपार्टी महिला सञ्जाल उर्लाबारीकी अध्यक्ष दुर्गाशर्मा दाहालले लगायतले मन्तव्य राखेका थिए । उनीहरुले तालिमको शुभकामना दिदै कम्पयुटर शिक्षा आजको अवश्यता रहेको बताए ।
सञ्चार क्लब नेपालका अध्यक्ष घनश्याम भण्डारीले सञ्चालन गरेको सो कार्यक्रममा सोलुसन कम्प्युटर सेन्टरकी सञ्चालिका मनिता अधिकारीको स्वागत मन्तव्य र सञ्चालक सुमन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । तालिमा गणेश भट्टराईले प्रशिक्षण दिने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर