RUMPUM
animated ellipse animated ellipse

अबैध मदिरा बरामद

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ बैशाख २०७४, मंगलवार १७:२१
3
Shares
फाइल तस्वीर
विराटनगर, १९ बैशाख/ प्रहरीले अवैध मदिरा सहित पाच जना महिलालाई नियन्त्रणमा लिएको छ ।
बुढिगंगा गाउपालिका ४ स्थित कोशी राजमार्गमा पर्ने राहुल पट्रोल पम्प अगाडी चेकजाच गर्दा काकडभिट्टाबाट विराटनगर तर्फ आउदै गरेको ग १ ख १६४५ नम्बरको बसबाट २सय २० लिटर घरेलु मदिरा सहित मोरङ बेलबारी नगरपालिका ११ बस्ने बर्ष ४५ कि सनमाया राई, सोही ठाउकी ४४ बर्षिय अनु तामाङ, ३३ बर्षिय दुर्गा राई, २३ बर्षिय साबित्रा राई, ४६ बर्षिय गंगामाया राई र १८ बर्षिय सुनिता राईलाई नियन्त्रणमा लिएको हो ।
अवैध बोईलर कुखुरा बरामद
मोरङ प्रहरीले विराटनगर–२० दरैया बस्तीबाट अबैध बोइलर कुखरा बरामद गरेको छ । भारतबाट लुकाएर नेपाल ल्याउदै गरेको अवस्थामा करिव ४५ हजार मूल्य बरावरका ५० वटा कुखुरा नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको कुखुरा १सय ५० केजी रहेको अनुमान गरिएको छ । लामो समय यता भारतबाट नेपाल कुखरा ल्याउन प्रतिवन्ध छ तर मासु पसलहरुले भारतबाट अबैध रुपमा कुखुरा आयात गर्ने गरेका छन् । नियन्त्रणमा लिएको कुखुरा इलाकाप्रहरी कार्यालय रानीले पशु क्वारेन्टाईन कायालयको रोहवरमा नष्ट गरेको छ ।

भन्सार छलि गरि सामान
प्रहरीले भारतबाट अबैध रुपमा ल्याउदै गरेको सामान बरामद गरेको छ । सोमवार बिहान साविकको विराटनगर २० बाट अवैध रूपमा भन्सार छलि गरी भारतबाट नेपा बराम गरेकास सामाग्री भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर