AArya
RUMPUM
animated ellipse animated ellipse

त्रिकोणात्मक भुमिकाको कचरी नाटक सकियो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ बैशाख २०७४, सोमबार १९:५६
3
Shares
मनमाया नाटकको अन्तिम दिन अमर दहमा खिचीएको रमाईला तस्वीरहरु तस्वीर/ प्रेम लुङ्गा
विराटनगर, १८ वैशाख / लिनियस विश्व विद्यालय र काठमाण्डौ मेडिकल कलेजको स्थलगत अध्ययन अनुसन्धान तथा एक्र्टस स्टुडियो काठमान्डौका कलाकारहरुको सहकार्यमा त्रिकोणात्मक भुमिका सञ्चालन गरिएको कचरी नाटक सकिएको छ ।
DSC_0233लैङिगक हिंसा तथा चेलिबेटि बेचबिखनलाई न्यूनिकरण गर्ने उद्देश्यले मोरङको १० स्थानमा मन्चन गरिएकोे ‘मनमाया हराइन्’ नामक नाटक आज सकिएको हो ।
नेपाली रङ्ग मन्चमा स्थापित निर्देशक तथा नायक अनुप बरालले निर्देशन गरेको ‘मनमाया हराईन् ’ नामक कचरी नाटक मोरङको रतुवामाई नगरपालिकाको गोविन्दपुरबाट सुरु भएको नाटक अमरदहमा पुगेर सम्पन्न गरिएको हो ।

गत वैशाख ८ गतेदेखि सुरु गरिएको नाटक १८ गते सुनवर्षी नगरपालिको अमरदहमा पुगेर समापन गरिएको कार्यक्रम संयोजक देव न्यौपानेले जानकारी दिए ।

नाटकले थोरै भए पनि गाँउघरमा हुने लैङिगक हिंसा तथा चेलिबेटी बेचबिखनलाई सचेतना जगाउने सक्ने उद्धे्श्य यो नाटक मन्चन गरिएको निर्देशक अनुप बरालले बताए । निर्देशक अनुप बराल भने – ‘यो हामीले गाँउघरमा हुने विभिन्न कुरीती , कु – संस्कृतीहरुको स्थलगत अध्ययन अनुसन्धान गरेर कचरी नाटक प्रत्यक्ष आम – दर्शक माझ लैजाने गरेका छा’ैँ ।

नाटक मोरङको तेतरिया, केराबारी, यांगशिला, झुरकिया, केरौन, बाहुनी, बबियाबिर्ता , डाँगीहाट, र अमरदहमा मन्चन गरिएको थियो ।

नाटक मन्चन हुने स्थानमा आएर प्रनव दाहाल, प्राध्यापक डा. सुनिल कुमार जोशी र डा.कट्रिना स्वानवर्गले अनुसन्धान गरेका थिए ।
उनीहरुले यस क्षेत्रको दुई हजार भन्दा बढी व्यक्तिसँग प्रत्यक्ष रुपमा कुराकानी गरेर कथा तयार पारिएको अनुसन्धान कर्ता प्रणव दाहालले जानकारी दिए ।
देश भरीमा मोरङ जिल्ला पनि चेलीबेटि बेचबिखनमा टप १० भित्र पर्ने भएकोले यस क्षेत्रमा आएर नाटक तयारी पारेको हो – दाहालले भने ।’
नेपाली रङ्गमन्चममा तथा चलचित्रमा स्थापित कलाकार दिया मास्के, कमल प्यासी देवकोटा, प्रेम वर्षा खड्का, सुरज मल्ल, मनिष निरौला, बिनिता थापा, भद्रगोल किराँती र अनुज पाण्डेले अभियन गरेका थिए । नाटकलाई विक्रम परियार र पारसमणी दाहालले संङ्गीत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर