RUMPUM
animated ellipse animated ellipse

१० वर्षदेखि निरन्तर दूध दिने गाई, दैनिक आठ लिटरसम्म

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ बैशाख २०७४, आईतवार १५:५८
3
Shares
अनिल श्रेष्ठ
विराटनगर, १७ वैशाख / एक पटक बच्चा जन्माएको गाईले कति वर्षसम्म दूध दिन्छ ? सबैको जबाफ एउटै आउँछ ९ महिना देखि एक वर्षसम्म । तर, मोरङको सुन्दरहरैचा नगरपालि – ५ चाँदनी चौककी एक जना गृहणी महिलाले पालेकी जर्सी गाईले नियमित १० वर्षदेखि दूध दिदै आएको छ ।
सुन्दरहरैचा ५ की अन्नतदेवी लामिछानेले २०६० सालमा झापाबाट जर्सी गाई १५ हजार रुपैयाँ खरिद गरेर ल्याएकी हुन् । ल्याएको तीन वर्षमा बच्चा जनाएको गाईले ०६३ सालदेखि नियमित रुपमा दूध दिदै आएको लामिछानेले बताइन् । यस गाईले जन्माएको बच्चा जन्मेको केहीदिनमा मृत्यु हुने गरेको छ । तर, पनि दूध भने दैनिक रुपमा दिने गरेको लामिछानेको भनाई छ ।
‘गाईले बहर बच्चा जन्मायो । अहिलेसम्म एउटा पनि जीवत छैन लामिछानेले भनीन्, ‘बच्चा नभपनि गाईले नियमित दूध दिन्छ ।’ बच्चा जन्माएको एक वर्ष दैनिक रुपमा ८ लिटरसम्म दूध दिने उक्त गाईले त्यसपछि ६ देखि ७ लिटर दिने गरेको छ । अर्का बच्चा जन्माउँनको लागि गर्भ अवस्थामा हुँदा पनि गाईले नियमित दूध दिने गरेको छ । गर्भ अवस्थामा रहेको बेला गाईको दूध केही अमिला र अरु बेलाको भन्दा बाक्लो हुने गरेको लामिछानेले बताइन् । यसरी नियमित दूध दिने गाईको स्यार पनि लामिछाने परीवारले राम्रो गर्ने गरेका छन् । गाईले दिएको दूध आवश्यक पर्ने जति घरमा राख्ने र बाँकी रहेको दूध स्थानिय चियापसलमा विक्री गर्दै आएका छन् ।
यता जिल्ला पशु सेवा कार्यालय मोरङका प्रमुख तथा बरिष्ठ पशु चिकित्सव सुशिल अधिकारीले ल्याक्टोजन हर्मन असन्तुलन भएको कारणले गर्दा यस्तो हुन सक्ने बताए । उनले यस्तो कुनै कुनै चौपायमा अपबादको रुपमा देखिन सक्ने बताए । गाईको अवस्था स्वास्य रहेको खण्डमा गाईबाट आउने दूध खानयोग्य हुने चिकित्सव अधिकारीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर