RUMPUM
animated ellipse animated ellipse

रंगेली प्रहरीलाई ५ थान मोटरसाईकल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ बैशाख २०७४, शनिबार १९:४८
9
Shares
रबिन्द्र बराल
रंगेली, १६ बैशाख / स्थानीय तहको निर्वाचनका लागि ईलाका प्रहरी कार्यालय रंगेलीलाई ५ थान मोटरसाईकल दिइएको छ ।
प्रभावकारी जनसेवाका लागी जनशक्तिका साथै स्रोत र साधनको समेत समान भूमिकालाई मध्यनजर गरी स्थानिय तहको निर्वाचन २०७४ लाई लक्षित गरी ईलाका प्रहरी कार्यालय रंगेलीलाई प्रहरी प्रधान कार्यालय, नक्शालबाट सो मोटरसाईकल दिएको हो ।
 स्थानिय स्तरमा सहज पहिचान होस भन्ने उद्देश्यका साथ आज   मोटरसाईकल  चलाउँदा अनिवार्य रुपमा हेलमेटको प्रयोग गरौं” भन्ने नाराका साथ ईलाका प्रहरी कार्यालय रंगेलीले  मोटरसाईकल र्याली गरेको थियो । सो मोटरसाईकलले रंगेली ,आमतोला,कर्सिया,कदमाहा,रामचोक,
डाईनियाँ,र झपरतल सम्म मोटरसाईकल परिक्रमा गराएका थिए । अब देखि कुनै पनि अपराधिक गतिविधि भएको कार्य थाहा भएमा प्रहरी चाडो भन्दा चाडो पुग्ने कार्यालयका प्रमुख सन्जिवबाबू खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर