विराटनगर, १६ वैशाख / खोटाङ सामाजिक सेवा मञ्चको आयोजनामा आज विराटनगरमा नयाँ वर्ष २०७३ को शुभकामना आदान–प्रदान कार्यक्रम गरिएको छ ।
कार्यक्रममा नेकपा एमाले मोरङका पूर्वजिल्ला अध्यक्ष महेश रेग्मी माओवादी केन्द्र विराटनगर संयोजक तथा उपमेयरकी उम्मेदवार नमिता न्यौपाने, पूर्वसचिव विश्वराज रेग्मी, समाजसेवी माधवप्रसाद कोइराला, मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’लगायतले नयाँ वर्षको शुभकामना दिए ।
कार्यक्रममा विभिन्न दाताहरुले एम्बुलेन्स खरिद तथा मञ्चको भवन निर्माणका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको मञ्चका सचिव घनश्याम पोखरेलले जानकारी दिए ।