RUMPUM
animated ellipse animated ellipse

एनसेलको रिचार्ज कार्ड विराटनगरमा अभाव, कार्ड ब्लाकमा बिक्री

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ बैशाख २०७४, बुधबार १५:४०
3
Shares
विराटनगर, १३ वैशाख / विराटनगरमा एनसेलको रिचार्ज कार्ड केही दिनदेखि अभाव हुन थालेपछि रिचार्ज कार्ड ब्लाकमा बिक्री हुन थालेको छ ।
उपभोक्ताको माग अनुसार रिचार्ज काड उपलब्ध नभएपछि एनसेलका बिक्रेताले कार्ड महंगो मूल्यमा बिक्री गर्न थालेका हुन । एक सय रुपैयाको कार्ड १ सय ५ देखि १ सय १० रुपैयासम्म बिक्री गर्न थालेपछि एनसेलका उपभोक्ता मारमा परेका छन् ।
एनसेलका डिलरहरुबाटै महंगो मूल्यमा कार्ड खरिद गरेर ल्याउनु परेकोले त्यही अनुसार दाम लिनु परेको विक्रेताले दाबी गरेका छन् ।
विराटनगरमा रहेको एनसेल सेन्टरबाट कार्ड किन्ने प्रबन्ध गरिएको छ । तर, सेन्टरकै मिलेमतोमा कार्डको कृत्रिम अभाव सृजना गरी कालो बजारी गरिएको उपभोक्ताले आरोप लगाएका छन् ।
यसैवीच आज बिहानैदेखि अवरुद्ध बनेको नेपाल टेलिकमको ल्यान्डलाइन र मोबाइल सेवा दिउँसो १ बजेपछि सुरु भएको छ । टेलिकमको फोन अवरुद्ध हुँदा धेरै उपभोक्ताले सास्ती खेप्नु परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर