विराटनगर, १३ बैशाख / माता तिर्थ औसीका अवसर पारेर विराट यूथ फुटबल एकेडेमी पोखरियाद्वारा आयोजित आमा सम्मान समर्पण कार्यक्रम गरिएको छ ।
एकेडेमीले बालबालिकाहरुले फुटबल प्रशिक्षण गराउनुको साथ साथै सामाजिक कार्यमा पनि सहयोग गरिएको हो । पुष्पलाल चोकमा अवस्थित ‘महिला जागृति तथा बृद्धा आश्रम सबै जनालाई साडी, फलफूल, नगद वितरण गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि एन्फाका केन्द्रीय उपाध्यक्ष सन्तोष वानिया, नेपाली कांगेस नगर सभापती भीम पराजुली, एन्फाका केन्द्रीय सदस्य बसन्त अर्याल, राखेपका पूर्व सदस्य किरण गिरी, उद्धव अर्याल, विमलराज भण्डारी, अमृत राज, शिषिर थापा, एकेविक्रम कार्की बोलेका थिए ।