AArya
RUMPUM
animated ellipse animated ellipse

शुल्कवृद्धीको विरुद्ध विद्यार्थी संगठन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ बैशाख २०७४, सोमबार २०:४८
3
Shares
काठमाडौ,११ बैशाख / निजी शैक्षिक संस्थाहरुले नियमविपरित चर्को शुल्क लिएका भन्दै विद्यार्थी संगठनहरुले निजी विद्यालयमा तालाबन्दी लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
निजी स्कुलहरुले नियमविपरित चर्को शुल्क लिएको विषयमा छलफल गर्न सोमबार संयुक्त विद्यार्थी आन्दोलन समितिको बैठक बसेको थियो । बैठकले मंगलबार देशभरका जिल्ला शिक्षा कार्यालय अगाडि विरोध प्रदर्शनसहित धर्ना दिने र बुधबार चर्को शुल्क लिने निजी विद्यालयहरुको लेखा र प्रशासन शाखामा तालाबन्दी गर्ने निर्णय गरेको अनेरास्ववियुका नेता आरसी लामिछानेले जानकारी दिए ।
बैठकमा कांग्रेस निकट नेविसंघ, एमाले निकट अनेरास्ववियु, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, जनमोर्चा निकट अखिल छैटौं, माले निकट अखिल पाँचौं र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट निकट अखिल क्रान्तिकारीका नेताहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर