विराटनगर, १० वैशाख / विराटनगर–१९ घिनाघाटस्थित पञ्चकन्या टोलमा एक घरमा लगाएको पुजाको प्रसाद खादा एक सय बढीलाई फुटपोइजन भएको छ । स्थानिय इश्वरी पौडेलको घरमा लगाइएको पुजाको प्रसाद खादा १ सय बढिलाई फुटपोइजन भएको जिल्ला जनस्वाथ्य कार्यालय मोरङले जनाएको छ ।
प्रसाद खाएपछि झाडा पखला लाग्ने, बान्ता आउने, टाउको दुख्ने लक्षण देखिएको कार्यालयले जनाएको छ । विराटनगर–१९ घिनाघाटस्थित पञ्चकन्या टोलका स्थानियमा झाडापखला, बान्ता र टाउको दुख्ने समस्या देखिएको हो ।
स्थानिय छिमेकी पौडेलको घरमा तिन दिन अघि लगाइएको घरपैंचो पुजामा रोटि, तरकारी र अचार खाएपछि आफुहरुमा उक्त समस्या देखा परेको स्थानिय नवराज ढुङ्गानाले बताए । पुजामा खाएका एक सय भन्दा बढि मानिसहरुलाइ लगातार झाडापखला, टाउको दुख्ने, बान्ता हुने वाकवाक लाग्ने लगायतका समस्या देखिएको उनले बताए ।
पुजामा प्रसाद खाएका धेरैमा उक्त समस्या देखिएको र गाउँका अन्यमा समस्या देखिएको श्याम घिमिरको भनाइ छ । विरामिहरुको कोशी अञ्चल अस्पताल र नोवेलमा उपचार भइरहेको छ ।
अस्पतालले विरामिको चाप बढेकाले भर्ना लिन नमानपछि आफुहरुले जिल्ला जनस्वास्थ्य कार्यालयसंग सहयोग मागेको उनले बताए । फुटपोइजन भएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले आइतबार टोलमा डाक्टर अरुण मण्डलको नेतृत्वमा स्वास्थ्य जाँच टोलि पठाएको छ ।
आइतबार मात्रै ८७ जना स्थानियले उपचार गराएको र सबैमा झाडापखला, बान्ता र टाउको दुख्ने समस्या देखिएको डाक्टर अरुण मण्डलले बताए ।
फुड पोइजन भएका कारण उक्त समस्या आएको बाताउँदै उनले खानपान र सरसफाइमा विशेष ध्यान दिन अनुरोध गरे । टोलका सबै जना मिलेर पुजामा सेलरोटि, तरकारी र अचार खाएका थिए ।
एक सय भन्दा बढि छिमेकिहरुले पुजाको प्रसाद खाएकोमा ९० जनाभन्दा बढिमा झाडा, पखाला र बान्ताको समस्या देखिएको छ । विरामीको उपाचारमा कुनै कमी हुन नदिन विषेश ध्यान पु¥याइएको जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।