खबर पूर्वाञ्चलका कार्यकारी सम्पादक श्रेष्ठसहित पत्रकारद्वय नवोदित र भट्टराई सम्मानित
पूर्वाञ्चल खबर
९ बैशाख २०७४, शनिबार १६:३६
3
Shares
सम्मानित हुदै खबर पूर्वाञ्चलका कार्यकारी सम्पादक अनिल श्रेष्ठ, सम्मान गदै नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौला । तस्वीर -पुष्पराज थपलिया
विराटनगर, ९ वैशाख / खबर पूर्वाञ्चलका कार्यकारी सम्पादक अनिल श्रेष्ठसहित पत्रकारद्वय ललिता भट्टराई र मिनकुमार नवोदित सम्मानित भएका छन् ।
विराटनगर – २ मा रहेको स्पर्श नेपाल सुधार केन्द्र विराटनगको आठौ वार्षिक साधरण सभाको अवसर उनीहरुलाई आज सम्मान गरेको हो ।
एच.आइ. भी. एड्स र लागु औषधको क्षेत्रमा आ– आफ्नो सञ्चार माध्यमाबाट उल्लेखिय योगदान पु¥याएको भन्दै सम्मान गरिएको स्पर्श नेपालका अध्यक्ष संजीवकुमार खड्काले बताए । त्यसैगरी कारोबार दैनिकका पूर्वाञ्चल प्रमुख मिनकुमार नवोदित र फेवा साप्ताहीकको सम्पादक ललिता भट्टराई सम्मानित भएका छन् ।
सम्मान पछि सामुहिक तस्वीर खिच्दै ।
सम्मानित हुनेहरुलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौला, महादीवेशन प्रतिनिध फुलकुमार लावनी, स्पर्श नेपाल विराटनगरको अध्यक्ष संजीवकुमार खड्का, समाजसेवी तथा उद्योगी राजन खत्रिलगायतले कदर पत्र, नगद र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै काँग्रेसको केन्द्रीय सदस्य संग्रौलालले लागु औषध दुव्र्यसेनीमा फसेको यूवालाई परिवर्तन गर्न यस संस्था स्पर्श नेपालले उल्लेखिय योगदान पु¥याएको बताइन । उनले आगामी दिनमा यसरी नै जनचेतनाको माध्यमबाट कुलतमा फसेका यूवालाई परिवर्तन गर्दै जानु पर्नेमा जोड दिइन् । नेपाली काँग्रेस विराटनगर नगर सभापति भीम पराजुली, समजसेवी राजन खत्री, न्यू सृष्टी दैनिकका प्रधान सम्पादक शंकर खरेललगायले सफलताको शुभकामना दिएका थिए ।
स्पर्श नेपालले प्रत्यके वर्ष वार्षिक साधरण सभाको अवसर पारेर यसरी समाजको लागि उल्लेखिय योगदान पु¥याउर्ने व्यक्तिहरुलाई सम्मान गर्दै आएको अध्यक्ष खड्कालले जानकारी दिए ।