विराटनगर, ८ बैशाख / स्थानिय तहको चुनाव नजिकै जादा मोरङ प्रहरीका लागि निर्वाचन सुरक्षा सबन्धी तालिम सुरु गरिएको छ ।
मोरङ प्रहरीको सभाहलमा स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी अधिकृत तथा प्रहरी हवल्दार, पहरी जवान, जिल्ला ट्राफिक प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय (क), (ख) र मातहत ईलाका प्रहरी कार्यालय (क), (ख) मा कार्यरत अधिकृत स्तरका ५३ जना प्रहरी कर्मचारीहरूलाई तालिममा सहभागि रहेका थिए ।
तालीमको उदघाटन जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्दिप भण्डारीले गरेका थिए । उक्त प्रशिक्षण कार्यक्रम पश्चात सहभागीहरूले निर्वाचन सम्बन्धी सूचना संकलन, निर्वाचन कसूर, सजाय तथा आचार संहिता, निर्वाचन जोखिम तथा चुनौती बिश्लेषण र व्यवस्थापन,
निर्वाचन सुरक्षा र समन्वय, निर्वाचन, निर्वाचनको क्रममा र निर्वाचन पश्चात आई पर्ने समस्या तथा चुनौती र समाधानका उपायलगायतका कुराहरूमा ज्ञान हाशिल गरी आ–आफ्नो कार्यालयमा गई त्याहा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई प्रशिक्षण दिनेछन् । तालिम दुई दिनसम्म चल्नेछ ।