AArya
RUMPUM
animated ellipse animated ellipse

खम्बुवान राष्ट्रिय मोर्चाकाका केन्द्रिय उपाध्यक्ष सहित एक हजार एमालेमा प्रवेश

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ बैशाख २०७४, शुक्रबार २१:२१
3
Shares

पथरी ८ वैशाख/जातिय र क्षेत्रीय पहिचानको पक्षमा सर्घष गरेर मुलुकको हित हुन नसक्ने ठहर गर्दै खम्बुवान राष्ट्रिय मोर्चाकाका केन्द्रिय उपाध्यक्ष सहित एक हजार नेता/कार्यकर्ता पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् ।

मोरङ्गको पथरीमा शुक्रबार पत्रकार सम्मेलन गर्दै खम्बुवान राष्ट्रिय मोर्चाका केन्द्रिय उपाध्यक्ष डि.स (दिनेश) खम्बुसहित एक हजार नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् ।

नेपालको संविधान २०७२ ले पहिचानका कुरा गर्दै आन्दोल गरि रहेका सबैको माग पुरा भइसकेको र पहिचानको निम्ति अव आन्दोलन आवश्यक नरहेको उपाध्यक्ष खम्बुले पत्रकार सम्मेलनमा वताए । पहिचानको निम्ति अव आन्दोलन आवश्क छैन, खम्बुले भने–‘पहिचानको जनआन्दोलन जरुरी छैन् ।’

जन–आन्दोलन पश्च्यात प्राप्त गरेका उपलब्धीहरुलाई संस्थागत गर्दै संविधानसभाले ल्याएका नयाँ सविधानलाई कार्यव्वयनतर्फ अघि वढ्नु पर्छ । खम्बुवान राष्ट्रिय मोर्चाका उपाध्यक्ष डि.एस खम्बुले विगतमा आफु कम्युनिष्ट भएर जन्मेको र नेकपा एमालेमा काम गरेका स्मरण गरे । आठवर्ष भयो, पहिचानको आन्दोलनमा सहभागि भएर काम गरेको खम्बुले भने,–‘सबैको माग पुरा भएको छ, भुमिको आधारमा राज्य माग्यो भने देशनै टुक्रन्छ, देशमा जातीय द्वन्द्व सृजना हुन्छ, त्यसैले हामी एमालेमा प्रवेश गरेको हो’ ।

संविधानले स्थापित गरकेका अधिकारलाई संस्थागत गर्नकालागि पनि एमालेमा प्रवेश गरेको उनले बताए । उनले भने,–‘संविधानको निर्माणमा एमालले ठूलो भूमिका खेलेको छ, संविधान कार्यन्वयन गर्न एमालेले मात्र सक्ने ठहर गर्दै हामी एमालेमा आएका हौँ, राष्ट्रियताको संरक्षण एमालले मात्र गर्न सक्छ’ । नेता खम्बुले अब अन्दोलन गर्ने बेला नभई संविधान कार्यान्वयन गर्ने बेला भएको बताए । मोरङको उत्तरी लेटाङ्मा राजनितिसंगै वित्तिय संस्था मार्फत सामाजिक क्रियाकलामा सक्रिय रहेका खम्बुले आफु आफ्नो पुरानो घरमा फर्केको वताए ।

नव प्रवेशीहरुलाई स्वागत कार्यक्रममा नेकपा एमालेका एक नम्बर प्रदेशका सल्लाहकार धनश्याम खतिवडा र प्रदेश सदस्य रामकुमार बस्नेतले स्वागत गरेका थिए । कार्यक्रममा एमाले मोरङ जिल्ला सदस्य भुपेन्द्र लावोतीको समेत सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर