खबर पूर्वाञ्चल
८ बैशाख २०७४, शुक्रबार १७:४९
घनश्याम भण्डारी
उर्लाबारी, ८ बैशाख / मोरङको उर्लाबारी–७ मा रहेको रोजगार बचत तथा ऋण सहकारी सस्थाले सेयर सदस्य सप्ताह कार्यक्रमको समापन गरेको छ ।
सस्थाले आज एक कार्यक्रमको आयोजना गरीसप्ताह को समापन गरेको हो । बैशाख १ गते देखि उर्लाबारी , दुर्गापुरी , ईटहरा , पथरीशनिश्चरे ,हसन्दहका सेयर सदस्यहरु बिचमा सहकारीको महत्व र सस्थाको बारेमा प्रकाश पारे थिए ।
अभियानमा ४ सय नयाँ सेयर सदस्य थप भएका सस्था का अध्यक्ष प्रकाश भट्टराईले जानकारी दिए छ । सप्ताहको क्रममा घर घरमा पुगि बचत तथा ऋणको बिषयमा र रोजगार साकोसको बिषयमा प्रष्ट पारेपछि हामीलाई बिश्वास गरि सदस्यहरुले अपार माया दर्साएको सचिव पुर्ण सिंगक लिम्बुले जानकारी दिए ।
प्रवासमा कार्यरत कार्यक्षेत्रका व्यक्तिहरुलाई समेत विशेष समन्वय गरि संस्थाको सदस्य वनाउने लक्ष्य रहेको कुरा संस्थापक तथा सल्लाहकार कुमार कार्कीले कतारवाट वताए । विशेषगरि कतारमा यस संस्थाका सदस्यहरु उत्साहका साथ लागि परेका छन् ।
यस्तै सप्ताह समापनको अवसर पारेर आजै रक्तदान कार्यक्रम गरीएको थियो । ३७ जनाले रक्तदान गरेका थिए । वैदेशिक रोजगारको क्रममा कतार गएका युवा हरुको पहलमा २०६५ सालमा स्थापित सस्थामा ७ सय ५० जना सेयर सदस्य पुगेका छ्न ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?