AArya
RUMPUM
animated ellipse animated ellipse

‘लिडरसीप उत्पादन गर्न मोटिभेजन अपरिहार्य’

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ बैशाख २०७४, बिहीबार १६:३१
3
Shares
विराटनगर, ७ वैशाख / देशको लागि योग्य व्यक्ति उत्पादन गर्नको लागि मोटिभेजन ट्रेनिङ अपरिहार्य रहेको एक कार्यक्रममा जेसीजहरुले बताएका छन् ।
विराटनगर जेसजीजको आयोजनामा विराटनगरमा आज भएको एक दिने मोटिभेसन ट्रेनिङको समापन कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।
जेसीज लिडरसीप उत्पादन गर्ने संस्था भएको हुनाले यूवाहरुको लागि मोटिभेसन टेनिङ्ग आवश्यकता बन्दै गएको नेपाल जेसीजको पूर्व अध्यक्ष तथा उद्योगी भोलेश्वर दुलालले बताए । यस्तो ट्रेनिङले युवाको क्षमता अभिवृद्धी भई देशको लागि योग्य नागरिक बन्न यसखालको मोटिभेसन ट्रेनिङले भूमिका खेल्ने उनको भनाई छ ।
त्यस्तै कार्यक्रममा विराटनगर जेसीजको अध्यक्ष श्यामसुन्दर पौडेल (मिलन) ले जेसीज नेतृत्व उत्पादन गर्ने संस्था भएको हुनाले युवाहरुको लागि मोटिभेसन टेनिङ्गको कार्यक्रम अयोजना गरिएको बताए । उनले आगमी दिनमा यस्तो नेतृत्वदय कार्यक्रमलाई निरन्तरा दिदै जाने जानकारी दिए ।
कार्यक्रममा विराटनगर जेसीजका पूर्व अध्यक्ष फुलकुमार लालवनी, नवल उपाध्यय, भगवती कालिकोटेलगायतकोे उपस्थीति रहेको थियो । नेपाल जेसीको पूर्व अध्यक्ष दुलाले प्रशिक्षण दिएको मोटिभेसन ट्रेनिङमा विराटनगरका कलेजमा अध्ययरत ४० जना युवाहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर