रबिन्द्र बराल
रंगेली,५ बैशाख / मोरङको सोराभाग ९ मा रहेको विराट पोल्ट्री फर्मको प्रदुषणका कारण गाउँमा हैजा फैलिएको भन्दै स्थानीयले विरोध गरेका छन् ।
उद्योगको कारण गाउँमा झिगाको आतंक मच्चिएसँगै झाडा पखला र हैजा फैलिन थालेपछी स्थानीयले विरोध गरेका हुन ।
गाउँलेहरुले पटक पटक उद्योग प्रशासनसँग झिँगा नियन्त्रणका लागी लिखित तथा मौखिक उजुरी गर्दा समेत वेवास्था गरेपछी आज बिहानै देखि स्थानियबासीन्दाहरु विरोध गर्दै उद्योगतर्फ पुगेका थिए ।
उनीहरुले मानव अधिकार हनन गर्न पाईदैन, झिँगा उद्योग बन्द गर, संवैधानिक अधिकार हनन गर्न पाईदैन, स्वास्थमा खेल वाड गर्न पाईदैन, हाम्रा मौलिक हकको सुनिश्चित गर, प्रहरी दबन बन्द गर जस्ता नारा लगाउदै बजार परिक्रमा गरेका थिए ।
त्यसैगरि रंगेली ,आमतोला, मङगलवारे, बेतौना, सोराभाग, बबियाबिर्ता लगायतका स्थानीयहरुपनि झिँगा आतंक भएपछि आफुहरु आजित भएको स्थानीय लिलाराज खरेलले बताए ।
त्यसैगरी केही महिना अगाडि सुकुम्बासी बस्तिमा १९ बर्षीय एक सुत्केरी महिलाको झाडापखाला बाट ज्यान समेत गएको राजेन्द्र मण्डलले बताए ।