RUMPUM
animated ellipse animated ellipse

तोकिएकै मितिमा निर्वाचन हुन्छ– नेता पौडेल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ बैशाख २०७४, मंगलवार १८:०५
3
Shares
फाइल तस्वीर
विराटनगर, ५ बेशाख / नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तोकिएकै मितिमा स्थानिय तहको निर्वाचन हुने वताएका छन् ।
विराटनगरमा आज संचारकर्मीसंग कुरागर्दै नेता पौडेलले हिमाल, पहाड तराई सवै तिर निर्वाचनको वातवरण वन्दै गएकाले निर्वाचनका मिति सार्न नहुने बताएका हुन् ।
सवैलाई मिलाएर एक चरणमा निर्वाचन गर्ने पंक्षमा नेपाली कांग्रेस रहेको उनको भनाई थियो ।

संविधान कार्यान्वयनका लागी पनी निर्वाचन आवश्यक रहेको भन्दै सवैलाई मिलाएर तोकिएकै मितिमा निर्वाचन हुनु पर्ने उनको भनाई थियो ।
लामो समय सम्म निर्वाचन नहुदा मुलुकले गती लिन नसकेको भन्दै अव कुनै पनी वहानामा निर्वाचनको मिति र्सान नहुने उनको भनाई थियो ।
आन्दोलनले समस्याको समाधान नहुने भएकाले नेपाली जनताले निर्वाचन चाहेकाले जनताको भावना वुझेर मधेशी मोर्चालाई पनी निर्वाचनमा सहभागी हुन उनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर