मिति सारेर भएपनी मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउनु पर्छ–महामन्त्री कोइराला
पूर्वाञ्चल खबर
५ बैशाख २०७४, मंगलवार १७:५९
3
Shares
फाइल तस्वीर
विराटनगर, ५ बेशाख / नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले दलहरुको सहमतीमा हप्ता दश दिन मिति सारेर मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउनु पर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज पत्रकारसंग कुरा गर्दै महामन्त्री कोइरालाले, एक हप्ता वा १० दिन मिति सार्दा मधेशी मोर्चा सहमतीमा आउछन भने त्यसो गर्न सकिने वताएका हुन् ।
स्थानीय तहको निर्वाचन सार्थक बनाउन पनी मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउनु पर्ने उनको भनाई थियो । उनले हिमाल, पहाड ,तराई मधेश सवै जनताको भावना अनुसार एकै चरणमा निर्वाचन हुन पर्ने बताए ।
उनले संबिधान संशोधन प्रस्तावमा भएको असहमतीको वारेमा मोर्चासंग वार्ता गरेर तत्काल मुलुकलाई राजनीतिक निकास दिनु पर्ने बताए । मोर्चाले पनि मुलुकलाई निकास दिन सिमांकनको विषयलाई स्थानीय निर्वाचनपछि आयोगमार्फत टुंगो लगाउने गरी सहमती खोज्नु पर्ने उनको भनाई थियो ।
तीनै तहको निर्वाचन समयमा नै गराउन समय छोटो भएपनि राजनीतिक दलहरुमा इच्छा शक्ति भए मोर्चालगायत सबैको सहमतिमा निर्वाचन सफल हुने उनले वताए ।a