विराटनगर, ५ वैशाख / औषधि व्यवसायी संघ कोशी अञ्चल विराटनगर शाखाका नवनिर्वाच पदाधिकारीले पद भार ग्रहण गरेका छन् ।
विराटनगरमा एक कार्यक्रम आयोजना गरी उनीहरुले पदभार ग्रहण गरेका हुन ।नवनिर्वाचित पदाधिकारीहरुलाई निवर्तमान अध्यक्ष लक्ष्मण माझी चौधरी, प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठ, नेपाल औषधी विभाग विराटनगरका प्रमुख सम्भू साहलगायतले नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष कुमार खतिवडाले आगमी दिनमा औषधि व्यवसायीलाई एक ढिका बनाएर अगाडी बढ्ने बताए । उनले संगठनलाई चलायवान बनाएर व्यवसायीहहरुको हकहितमा काम गर्दै अगाडी बढ्ने प्रतिबद्धता जनाए । जनमानिसमा संघको परिचय स्थापित गर्न एम्बुलेन्स सञ्चालनलगायतको विभिन्न सामाजिक कार्य गर्ने योजना रहेको उनको भनाई थियो ।
विराटनगरमा भएको औषधि व्यवसायी संघको ११ औं अधिवेशनले कुमार खतिवडाको अध्यक्षमा नयाँ कार्यसमिति गठन भएको छ ।