AArya
RUMPUM
animated ellipse animated ellipse

विमान स्थल आधा दिन बन्द

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ बैशाख २०७४, सोमबार २०:३८
3
Shares
विराटनगर, ४ बैशाख/ विराटनगर विमानस्थलको रन वे मर्मत सुरु गरिएपछि दिनको आधा समय मात्र खुल्ने भएको छ ।
एक हजार पाँच मिटर लामो रन वे मर्मत गर्नु पर्ने भएपछि विराटनगर विमान स्थल दिनको ३ बजे सम्म मात्र खुल्ने भएको हो ।
आइतवार देखि रन वे ‘ओभर ले’को काम सुरु भएकाले एक महिना सम्म दिनको तीन बजे सम्म मात्र विमान स्थलमा उडान अवतरण हुने विराटनगर विमानस्थलका प्रमुख शुरेशमान सिंहले जानकारी दिए । ‘ जेठ ३ गते भित्र काम सक्ने लक्ष्य राखिएको छ । उनले भने‘ हिजोदेखि काम सुरु भएको हो ।’ उनका अनुसार व्यस्त विमान स्थलमा ४÷५ बर्षमानै ओभर ले ( पिच थप गर्ने काम) गर्नु पर्ने हुन्छ ।
तर विराटनगर विमानस्थलको रन वे भने १०÷१२ बर्ष देखि ओभर ले गरिएको छैन । एक महिना भित्र १ हजार पाँच सय मिटर रन वे, पार्कीङ वे र टयाक्सी वे को मर्मत सकिने उनको भनाई छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर