RUMPUM
animated ellipse animated ellipse

विश्वकर्मालाई टिकट दिन माग गर्दे हस्ताक्षर

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ बैशाख २०७४, सोमबार १९:५३
3
Shares
विराटनगर, ४ बैशाख / आसन्न स्थानिय निकाय तहको निर्वाचनमा कटहरी गाउँपालिकाको अध्यक्षमा श्याम विश्वकर्मालाई टिकट दिनु पर्ने माग राख्दै स्थानीयले हस्ताक्षर अभियान शुरु गरेका छन् ।
दलित समूदायको उल्लेख्य बसोवास रहेको क्षेत्रवाट दलित समूदायकै मानिसको प्रतिनीधित्व हुनुपर्ने माग स्थानीयको छ । कटहरी ,भौडाहा र थलाहाँलाई मिलाएर बनेको कटहरी गाउँपालिकामा दलित,आदिवादी,व्राह्मण,क्षत्री लगायतको मिश्रीत बसोवास रहेको छ । यस मध्ये पनि दलित समूदायको संख्या उल्लेख्य रहेको छ ।
कांग्रेसमा लामो समयदेखि क्रियाशिल रहेका बिश्वकर्मालाई पार्टीले टिकट दिनु पर्ने माग राख्दै दलित अगुवाहरुले विराटनगरमा पत्रकार सम्मेलन समेत गरेका छन् ।
आज विराटनगरमा आयोजीत पत्रकार सम्मेलनमा नेपाल दलित संघको मोरङ जिल्लाको सचिव, सभाापति र केन्द्रीय सदस्य समेत भइसकेका बिश्वकर्मा एकमात्र उम्मेद्वार भएको दावी गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै दलित अधिकारकर्मी तथा कांग्रेसका क्रियाशिल सदस्य सिताराम रसाइलीले जित्ने उमेद्वार छनौटमा पार्टीले ध्यान दिनु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर