AArya
RUMPUM
animated ellipse animated ellipse

निल डेभिडको १९ औं शाखा उर्लाबारीमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ बैशाख २०७४, सोमबार १५:४०
3
Shares
नवराज भट्टराई
उर्लाबारी, ४ बैशाख / नेपालका चर्चित हेयर स्टाइलिष्ट निल डेभिड कटुवालको १९ औं शाखा उर्लाबारीमा सञ्चालनमा आएको छ ।
उर्लाबारी–७ इटहरा रोडमा निल डेभिड्स हेयर एण्ड व्युटी एकाडेमीको औपचारिक उद्घाटन गरियो । एक कार्यक्रमका बीच हेयर स्टाइलिष्ट निल डेभिड कटुवालले रिवन काटेर उक्त सैलुनको उद्घाटन गरेका थिए ।
सो अवसरमा हेयर स्टालिष्ट डेभिडले नेपालमा यो कलालाई भित्र्याउन तथा पुरुषले पनि विदेशमा जस्तै नेपालमा पनि महिला र पुरुषको हेयर स्टाइल बनाउन सक्छन् भन्ने लागेर यो पेशा अंगालेको बताए । ‘सबैको माया र सद्भाव तथा हेयर स्टायलप्रेमीको साथका कारण आज यहाँसम्म पुगेको छु । आगामी दिनमा यस्तै साथ, समर्थन सद्भाव र सहयोगले हेयर स्टाइलिङबाट नेपाललाई चिनाउने सक्षम हुनेछु भन्ने विश्वास मलाई छ’ उनको भनाई थियो ।
निल डेभिडका मेनेजर सन्तोष उपाध्यायले महिला पुरूष एकै ठाउँमा हेयर, व्युटी र मेकअपका लागि सैलुन उपयोगी हुने बताए । उनले हेयर, व्युटी र मेकअपको कोर्ष समेत एकेडेमीबाट सिकाइने जानकारी दिए । अहिलेसम्म निल डेभिडका विभिन्न शाखामा गरी ३ सय ७० जनाले प्रत्यक्ष रोजगारी पाएको उनको भनाई थियो ।
जननी इन्टरप्राइजेज तथा निल डेभिड उर्लाबारी शाखाका प्रवन्ध सञ्चालक प्रकाश थापाले महिला तथा पुरुषको अनुहार तथा रुप रंग सुहाउँदो तवरले केश सजावट (हेयर स्टाइल) का साथमा स्ट्रेट, फेशियल, मेकअप, नेल आर्ट, मेहेन्दी, होम ब्राडियल मेकअप, कपालको सौन्दर्यसम्बन्धि विभिन्न सेवा तथा प्रशिक्षण उपलब्ध रहने बताए । यो सैलुनमा वातानुकुलित शान्त, सौम्य वातावरणका बीच कपालको सौन्दर्यसँग सम्बन्धित सेवाहरु उपलब्ध हुने उनको भनाई छ । शाखामा सबै सेवा अत्यधुनिक प्रविधिका साथ उपलब्ध गराइएको छ ।
झापा लक्ष्मीपुरका डेभिडले विश्वका धेरै देशबाट हेयर स्टाइलिङ र फेशन डिजाइनिङ कोर्ष पूरा गरी स्वदेश फर्केर हेयर स्टाइलको क्षेत्रमा क्रान्ति ल्याएका हुन् । १७ वर्ष अगाडि सन् २००१ मा सिंगापुर घुम्न जाँदा पुरुषले महिला र महिलाले पुरुषको हेयर स्टायल बनाएको देखेर आफ्नो देशमा पनि जमाना अनुसार यो सुविधा किन नगर्ने भन्ने सोचबाट प्रोत्साहित भएका डेभिडले यसबारे औपचारिक कोर्ष पूरा गरी अत्यधुनिक सुविधा सहितको सैलुन सञ्चालनमा ल्याएपछि त्यसलाई पछ्याउँदै विभिन्न स्थानमा स्तरीय सैलुन स्थापना भइरहेका छन् ।
सन् १९९९ मा भारतको दिल्लीस्थित दिल्ली इन्टरनेशन इन्ष्टिच्युट अफ फेशन टेक्नोलोजीबाट फेशन डिजाइनिङ कोर्ष लिएका उनले सिंगापुर घुम्न जाँदा नारी पुरुष समान भन्ने मान्यता अनुसार महिलाले पुरुष र पुरुषले महिलाको कपाल सजावट गरेको देखेपछि फेशन डिजाइनर बन्ने योजनलाई पर सारी दिल्ली पुगेर हेयर स्टाइल कोर्ष गरेको बताए । उनले थाइल्याण्डको फुकेट कसमोबाट हेयर ड्रेसिङ र स्टायल कोर्ष गरेका हुन् । हेयर स्टायलमै करियर बनाउने उद्येश्यले डेभिडले बेलायतका विश्वप्रसिद्ध हेयर स्टाइलिष्ट टोनी एण्ड गाइजबाट क्रियट्रिभ हेयर स्टाइलिङ एण्ड कलर कोर्ष समेत गरेका थिए ।
सम्बन्धित विषयमा विभिन्न कोर्ष गरेपछि डेभिडले पहिलोपल्ट सन् २००६ मा काठमाडौंमा निल डेभिड्स हेयर एण्ड व्युटी सैलुन सञ्चालनमा ल्याएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर