खबर पूर्वाञ्चल
४ बैशाख २०७४, सोमबार १५:२९
गोपाल काफ्ले
पथरी, ४ बैशाख / मोरङको धोबिनिमा श्रीजङ्गा युवा क्लवको आयोजनामा नव बर्ष सांगीतिक साँझ २०७४ मनाईएको छ । श्रीजङ्गा शालिक निर्माणको सयोगार्थ सागितीक साँझमा स्थानीय कलाकार तथा साँगितीक क्षेत्रमा योगदान पुर्याउने विशिष्ट ब्याक्ती हरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा कलाकार दिपक लिम्बु, मेलिना राई, बिनोद खम्बु, कुशल थुलुङ, नरेश लिङ्गदेन, एकदेब लिम्बू र सुदिश्टि राईलगायतले दर्शकलाई भरपुर मनोरन्जन दिएका थिए । मोरङको मिक्लाजङ्ग ३ धोबिनिको खेल मैदानमा दुई हजार दर्शकलाई छमछमी नचाएका बिनोद खम्बुले कमेडी सैलिमा आफ्नो प्रस्तुती दिएका थिए । बिनोद खम्बुले तिमी ज्यान माग ज्यान माग बोलको गित गाउने दर्शकहरु खुलेरै नाचेका थिए भने मेलिना राईले तिमिले बाटो फेरेउ हरे….., हिमालै मा फुलेकि नानि दर्पणमा छाया कति राम्रो…, म त तिम्रौ मनमा फुले…., कम्वर माथी पटुकी…., सिरैमा सिरबन्धी मेरो नाकैमा फुली…, झपकै फुल फुल्यो …लगायत १ दर्जन गितद्घारा दर्शक उफारेकि थिन । आफ्नौ गाउमा भएको नयाँ बर्ष साँझमा मेलिनालाई वान्स मोर र आई लभ यूको बर्षानै भयो ।
कार्यक्रमको अन्त्यमा स्टेज चढेका दिपक लिम्बुले आयोजकलाई दर्शक सम्माल्न हम्मेहमे बानए । उनले मेरो कल्पनामा आज एउटी परी….., मैले माया गर्न जानिन होला……., म रंग हु तिमी रंग होली…….., हाम्रो चिन जान पहिलेको पहिलेको…. ए दिल मलाई सुटुक्क भन्न कस्ले चोर्याे मेरो मन……, मुटु माग्यौ तिमीले ……, अझै पनि संझना छ …….. लगायत आफ्नो नयाँ र पुराना १ दर्जन गितद्घारा दर्शक झुमाएका थिए ।
रातको ११ बजे सम्म चलेको कार्यक्रमको प्रमुख अतिथि लिम्बुवान नेता कुमार लिङ्गदेन रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?