AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङका लागि प्रमुख निर्वाचन अधिकृतको कार्यालय

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ बैशाख २०७४, आईतवार १९:०२
3
Shares
विनु तिम्सिना
विराटनगर, ३ बैशाख वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मोरङका लागि विराटनगरको वीरेन्द्र सभागृहमा प्रमुख निर्वाचन अधिकृतको कार्यालय खोलिएको छ ।
कार्यालयमा प्रमुख जिल्ला न्यायाधीश विनोदकुमार पोख्रेलले प्रमुख निर्वाचन अधिकृतको पदभारसमेत ग्रहण गरेका छन् । प्रमुख निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गर्दै निर्वाचन आयोगका आयुतm नरेन्द्र दाहालले देश पूरै निर्वाचनमय भइसकेको र मतदाता पनि चुनावमा मत हाल्न आतुर रहेको बताए । उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको पनि जानकारी दिए ।
उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय खुलेपछि वैशाख १२ गतेबाट निर्वाचन अधिकृतको कार्यालय खोल्ने पनि जानकारी दिए । मुख्य निर्वाचन अधिकारीको कार्यालयमा निर्वाचनका लागि आवश्य प्रशासनिक युनिटसहित सशस्त्र प्रहरीको सुरक्षा घेरामा कार्यालय रहने प्रमुख जिल्ला अधिकारी यज्ञप्रसाद कोइरालाले जानकारी दिए । विराटनगर उपमहानगरपालिकासहित ८÷८ वटा नगरपालिका र गाउँपालिका रहेको मोरङमाको १७ वटा स्थानीय निकायमा एक सय ५९ वटा वडाहरु रहेका छन् । पाँच लाख ६३ हजार मतदाता रहेको मोरङमा ३५ वटा दल दर्ता छन् । जिल्लामा ३ सयवटा मतदानस्थल र ६ सय ७१ वटा मतदान केन्द्र तय भएको छ । निर्वाचनबाट मोरङमा ८ सय ३२ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर