विराटनगर, २ वैशाख / एक वर्षको अवधिमा नेपालले १ सय ३५ वटा विभिन्न किसिमका बस्तु भारत लगायत तेस्रो मुलुक निर्यात गरेको छ ।
विराटनगर भन्सार कार्यालयका सुचना अधिकारी सम्भु सापकोटाले दिएको जानकारी अनुसार एक वर्षमा अलैचि, पिना, भुस, चोकर, जडी बुटी, मुसुरोको दाल, सुपारीलगायतका एक सय ३५ बस्तु निर्यात भएको हो ।
सबै भन्दा बढी अलैची निकासी हुने गरेको छ । साढे चार अर्ब रुपैयाको अलैचि नेपालबाट बिदेश निर्यात भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ । सबै भन्दा कम ९६ रुपैया बराबरको सँुगुर तथा अन्य जनाबरको छाला निकासी पैठारी भएको छ ।
पुराना लुगा फाटा देखि लिएर नयाँ गार्मेन्टका कपाडाहरु भारत निकासी भएको छ । तर नियात कम र आयत बढी हुनु मुलुककै समस्याभएको भन्सार एजेन्टहरुको भनाई छ ।उत्पादन मुखि मुलुक नभएकाले निर्यात कम र आयत बढी भएको हो । तर साना बस्तुको निकासी तेस्रो मुलुक भईरहदा मुलुकलाई फाईदा भएको अर्थ विदहरुको भनाई छ ।
भुकम्प र नाका बन्दीले थिलथिलो भएको बेला समग्र देशको आर्थिक बृद्धिदर बृद्धि हुनु सकारात्मक रहेको अर्थविद डा. अर्जुन बरालको भनाई छ । नेपालमा आयत बढी तर निकासी कम हुन्छ । सामान्य सियो देखि खाने चामलसम्म आयात हुन्छ । आफ्नो देशमा उत्पादन कम हुने भएकाले निर्यात कम र आयात बढी हुने गरेको हो । त्यसैले आयात घटाउन र निर्यात बढाउन स्वदेशि उत्पादनमा जोड दिन आवश्यक रहेको अर्थविद्धहरुको सुझाब रहेको छ ।