विराटनगर, २ बेशाख / नेपाल औषधि बिक्री प्रबन्धक संगठनले नेपाल औषधि व्यवसायी संघ कोशी अञ्चल शाखाका नव निर्वाचित कार्य समितिका पदाधिकारी र सदस्यहरुलाई सम्मान गरेको छ ।
विराटनगरमा आज आयोजित कार्यक्रममा नेपाल औषधि बिक्री प्रबन्धक संगठनले नव निर्वाचत कार्य समितिका पदाधिकारी र सदस्यहरुलाईलाई सम्मान गरेको हो । नेपाल औषधि व्यवसायी संघ कोशी अञ्चल शाखाका नव निर्वाचित अध्यक्ष कुमार खतिवडा, उपाध्यक्ष रविन्द्र घिमिरे, धनबहादुर काफ्ले, महासचिव हरिमोहन श्रेष्ठ, सचिव दिनेश ठाकुर, कोषाध्यक्ष देवनारायण मण्डल र सह–कोषाध्यक्ष विजयकुमार राजवंशीलाई संगठनका केन्द्रीय अध्यक्ष सुरजीत दत्तले सम्मान गरेका थिए । त्यस्तै समारोहमा सदस्यहरुलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै नव निर्वाचित अध्यक्ष खतिवडाले औषधि व्यवसायीको हक, अधिकारका लागि आफू लागि पर्ने बताए ।