विराटनगर, १ बैशाख / श्री बलभद्र सेवा समिती, बिराटनगरले नव बर्ष २०७४ को अवसरमा बिराटेश्वर वृद्धा आश्रममा फलफुल बितरण गरेको छ ।
समितीले आज विराटनगर, असोक चौकमा रहेको बिराटेश्वर वृद्धा आश्रममा रहेका वृद्ध वृद्धालाई फलफूल बितरण गरीएको समितीका अध्यक्ष गोपालप्रसाद गुप्ताले जानकारी दिए ।
त्यस्तै समितिले नयाँ बर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम समेत गरेको छ ।