लहान, १ बैशाख / निःसन्तान दम्पत्तिलाई सन्तान प्राप्तिका लागि चिकित्सा विज्ञानले धेरै विधिहरु अविस्कार गरिसकेका छन् । तर, पोखरीमा महिलाले स्नान गरेपछि गर्भवति हुने गरेको कुरा सुन्दा पत्यार नलाग्न सक्छ ।
सिरहा स्थित एउटा पोखरीमा यस्तै हुने गरेको छ । सिरहामा एउटा यस्तो पोखरी छ, जुन पोखरीमा नया वर्षको दोस्रो दिन महिलाले स्नान गरेपछि अर्को वर्ष गर्भवति हुने गर्दछ । चिकित्सा विज्ञानले त्यति सुविधा पु¥याएको भएपनि मानिसहरुमा सांस्कृतिक र धार्मिक आस्था कति छ भन्ने उदाहरण हो, सिरहाको पतारी पोखरी जहा‘ हरेक वर्ष वैशाख २ गते निःसन्तान दम्पत्ति महिलाहरु स्नान गर्न ठुलो संख्यामा भिड लाग्ने गर्दछ । दृश्य हेर्न लाखौको संख्यामा दर्शनार्थीहरुको मेला नै लाग्ने गर्दछ ।
पूर्व पश्चिम लोकमार्ग अन्तर्गत प्रदेश नम्बर २ को लहान लहानगरपालिका चौक भन्दा कबिर ६ किलोमिटर पश्चिममा रहेको छपराडि र धनगढी बजारबाट करिब १० किलोकमीटर दक्षिणमा पर्ने लक्ष्मीपुर पतारी गाउपालिकामा रहेको पतारी पोखरीमा सन्तान प्राप्तिको आकाङ्क्षा सहित पुग्ने निःसन्तान दम्पत्तिहरुको भिडले मानिसहरुमा अझै अदृश्य शक्तिमा अगाध आस्था छ भन्ने कुरा स्वीकार्न बाध्य बनाउँछन् ।
हरेक वर्ष २ बैशाखमा सो पोखरीमा निःसन्तान महिलाहरु पुग्ने गर्दछ । भारत बिहारका पटना, मधुवनी, दरभंगा, जयनगरसहित नेपालका विशेषगरी तराई मधेश र भित्रि मधेसका जिल्लाहरुबाट निःसन्तान दम्पत्तिहरु सन्तान प्राप्तिको आकाङ्क्षा सहित त्यहा‘ पुग्ने गर्दछन् ।
करिब ४ बिघा क्षेत्रफलमा फैलिएको पोखरीको दक्षिणी किनारमा रहेको राजा हरिसिंहदेवको गहवर (मन्दिर)को पूर्वी ढोकामा वैशाख १ गते साँ“झदेखि निरन्तर १८ घण्टासम्म निराहार बर्त बसेर भोलिपल्ट मध्यान्ह गहवरभित्र रहने विशेष आराधना (कोकिया गुहाइर) बाट अक्षता लिएर गहवरको उत्तरी ढोकाबाट सिधै पोखरीमा हाम फाल्नु पर्ने मान्यता रहेको छ । त्यसरी हाम फालेपछि पोखरीमा पहिलो डुबुल्कीमै पानीभित्र कुनै पनि जीव भेटिए सन्तान हुने विश्वास गरिन्छ ।
पानीमा भेटिएको जीव मुठ्ठीमै राखेर दौडिंदै गाउ‘को सीमा पार गर्नु पर्ने मान्यता अनुरुप पोखरीबाट निस्केका भक्तजनहरुको पछिपछि आउने आफन्तले गाउ‘को सीमा पार गरेपछि कपडा फेरिदिने गर्दछन् । कपडा फेरेर आफ्नो घर पुगेपछि पानीबाट ल्याएको जीवको बुटी बनाएर ब्रत बसेका महिलाले पाखुरा वा घाँटीमा बाँधी राखे सन्तान प्राप्त हुने जनविश्वास रहेको छ ।
पतारी पोखरीको पानी स्थानीयले पवित्रताका लागि भोजनालयमा समेत प्रयोग गर्ने गरेको छ । पोखरीको नजिक वरिपरि रहेको गाउ‘का सम्पुर्ण घरपरिवारमा भान्सामा उक्त पोखरीको पानी शुद्धिका लागि प्रयोग गर्ने गरेको महेशपुर पतारी ७ बस्ने मदन मण्डलले बताए ।
मन्दिरमा नियमित पूजा गर्ने पुजारी लक्ष्मीपुर पतारी ५ बस्ने उग्रदेव सिंहका अनुसार पोखरीको वरिपरी नजिक रहेको गाउ‘का घरपरिवारमा नियमित उक्त पोखरिको पानी प्रयोग गर्छन नै तर लक्षमीपुर पतारी र महेशपुर पतारी गाविसमा हुने सार्वजनिक भोजभतेरमा अनिवार्य रुपमा यस पोखरीको पानी शुद्धिका लागि प्रयोग गर्ने गरिएको छ । उनले भने – ‘जुन सार्वजनिक भोज भतेरमा यस पोखरीको पानी प्रयोग गरिदैन त्यो भोजको भात लगायतका परिकारहरु विग्रने गरेको छ । त्यसैले अनिवार्य रुपमा सार्वजनिक भोजभतेरमा उक्त पोखरीको पानी प्रयोग गरिन्छ ।