पथरीशनिश्चरे नगरपालिकाको मेयर पदमा ढुंगानाको उम्मेदवारीे घोषणा
पूर्वाञ्चल खबर
१ बैशाख २०७४, शुक्रबार १६:५२
3
Shares
पथरी, १ वैशाख / पथरीशनिश्चरे नगरपालिकाको मेयर पदमा स्थानीय महिला अगुवा हेमा ढुंगानाले उम्मेदवारीको घोषणा गरेकी छिन् । नेपाल विद्यार्थी संघकी पूर्व केन्द्रीय सदस्य समेत रहेकी ढु्रंगानाले आप्mना कार्य योजनासहित उम्मेदवारी घोषणा गरेकी हुन् ।
आज नेपाल पत्रकार महासंघ मोरङको सम्पर्क कार्यालय पथरीमा पत्रकार सम्मेलनको आयोजना गरी विगतमा स्थानीय क्षेत्रका पुल, पूर्वाधार निर्माणमा आपूmले गरेको उल्लेखनीय योगदान गरेको दाबी समेत गरिन् । समाज रुपान्तरण र विकास निर्माणमा मैले खेलेको भूमिकाप्रति सबै जानकार हुनुहुन्छ । ढुंगानाले पत्रकार सम्मेलनमा भनिन् –‘यिनै यावत कारणले म स्थानीय चुनाव जित्छु । ’
ढुंगाना १९ वर्षको उमेरदेखि नै समाजिक काममा दत्तचित्त भएको लागेको भन्दै उनले दलहरुप्रति जनतामा वितृष्णा भएको बताइन् । व्यक्ति इमान्दर रहने हो भने कुनै दलमा नरहे पनि जित हात पार्न सकिन्छ भन्ने हेतुले आप्mनो उम्मेदवारी रहेको उनको दाबी छ । अब नेपाली जनता त्यति बेवकूफ छैनन्, जो राम्रा व्यक्ति छाडेर दलका पछि कमै मात्र लाग्छन् ।