पूर्वाञ्चल खबर
उच्च पहाडि क्षेत्रमा फुल्ने गुराँस यतिबेला मोरङको उत्तरी पहाडी क्षेत्रमा पनि फुलेर डाँडै रातै भएको छ । मुख्यगरी सङ्ख्वासभा र ताप्लेजुङ तथा तेह्रथुम जिल्लाहरुमा फुल्ने गुराँस मोरङ उत्तरी गाउँहरुमा फुलेको हेर्न पाईन्छ । तर अहिले पाटीगाउँका जङ्गल पनि लाली गुराँसले धपक्कै भएका छन् । गुराँस हेर्नकै लागि तेह्रथुम सम्म पुग्नेहरुको लागि अहिले भेडेटारबाट झण्डै आधा घण्टा धनकुटाको डाँडा बजार सम्म पुग्दा नपुग्दै गुराँस फुलेको देख्न सकिन्छ ।
ताप्लेजुङ–संखुवासभा र तेश्रथुमको टिएमजे क्षेत्रमा नयाँ वर्ष सुरु भएसँगै गुराँस हेर्न आउने पर्यटकको भीड लाग्ने गर्छ तर नजिकै रहेको पाटीगाउँमा पु¥याउन सकिने हो भने मात्र पनि मोरङले अर्को पर्यटकिय क्षेत्रको रुपमा पार्टीगाउँलाई बनाउन सक्ने देखिन्छ ।