RUMPUM
animated ellipse animated ellipse

जेसीजको रक्तादान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ चैत्र २०७३, बिहीबार २०:३०
3
Shares
विराटनगर, ३१ चैत/ विराटनगर जेसिजको आयोजनामा बिहीबार खुल्ला रक्तदान कार्यक्रम भएको छ ।
जेसिजले नयाँ वर्षको अवसर पारेर आज विराटनगरमा रक्तदान कार्यक्रम गरेको हो । विराटनगर रक्तसञ्चार केन्द्रमा रगतको अभाव खड्किरहेको अवस्थामा त्यसलाई पूर्ती गर्ने उद्देश्यले रक्तदान गरेको विराटनगर जेसिजका अध्यक्ष मिलन पौडलले जानकारी दिए । रगत नपाएर कसैको पनि अकालमै ज्यान नजाओस् भनेर सामाजिक कार्य अनुरुप रक्तदान गरिएको अध्यक्ष पौडलको भनाइ छ ।
कार्यक्रममा ४८ जनाले रक्तदान गरेका थिए । कोशी हेल्थ कलेज एण्ड साईन्सका विद्यार्थी, जेसिजमा आवद्ध भएका पदाधिकारी तथा सर्वसाधरणले रक्तदान गरेका थिए । सोही अवसरमा नयाँ वर्षको शुभकामना आदनप्रदानसमेत आयोजना गरिएको थियो ।
कार्यक्रममा विराटनगर जेसिजका पूर्वअध्यक्षहरु हरि श्रेष्ठ, नवलप्रसाद उपाध्याय, टिपी आचार्य, अध्यक्ष पौडेलललगायले नयाँ वर्षको शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर