खबर पूर्वाञ्चल
३१ चैत्र २०७३, बिहीबार १७:१३
अर्जुन सुबेदी
इटहरी, ३१ चैत्र / इटहरीमा सञ्चालित अण्डर १९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी पूर्वाञ्चलले हात पारेको छ । विजयसँगै पूर्वाञ्चलले नगद ५० हजार र र ट्रफि प्राप्त हात पारेका छ । यता उपबिजेता पश्चिमाञ्लले नगद ३० हजार र ट्रफिमा चित्त बुझायो ।
इटहरीमा आज सम्पन्न फाइनल खेलमा पूर्वाञ्चलले पश्चिमाञ्चललाई ८३ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधी जितेको हो । टस जितेर पहिले ब्याटिङ गरेको पूर्वाञ्चलले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ६१ रन बनाएको थियो । पूर्वाञ्चलकालागी दिनेश थापाले सर्वाधिक ६८ रनको योगदान दिदा संन्दिप ढुंगानाले २८ रन जोडे । पश्चिमाञ्चलका लागी सन्दिप क्षेत्रीले २ तथा अनिल खरेल, जब्बर अली, राहुल चौहान र कुशल मल्ले १–१ विकेट लिए ।
जवाफमा १ सय ६२ रनको बिजयी लक्ष्य पछ्याएको पश्चिमाञ्चल १५ दशमलव ५ बलमा सवै विकेट गुमाई ७८ रनमा सिमित भयो । पश्चिमाञ्चलकालागी अजय कौशल्याले २० तथा मिनल गुरुङले १४ रन बनाउनु बाहेक अरुले दोहोरो अंक जोड्न सकेनन । पूर्वाञ्चलकालागी मिनेश थापाले ४, बिवेक यादवले ३ विकेट तथा राज थापा दिपेश कंडेलले १–१ विकेट लिए । फाइनल खेलको म्यान अफ द फाइनल र म्यान अफ द सिरिज पूर्वाञचलका मिनेश थापा घोषित भए ।
प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान पूर्वाञ्चलका अंकित सुबेदी, उत्कृष्ट बलर पश्चिमाञ्चलका राहुल चौधरी घोषित भए । राष्ट्रिय खेलकुद परिषदको सहयोग तथा इटहरी क्रिकेट एकेडेमीको आयोजनामा गत आइतबारदेखि सुरु भएको प्रतियोगितामा नेपालका चर्चित ६ वटा टिमहरुको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?