AArya
RUMPUM
animated ellipse animated ellipse

शिक्षक समयमै विद्यालय नआउदा पठन पाठन प्रभावित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३१ चैत्र २०७३, बिहीबार १६:२०
3
Shares
विराटनगर, ३१ चैत / मोरङको दक्षिणी बेल्टका सामुदायिक विद्यालयका बालबालिकाहरुले समयमा शिक्षक नआउने गरेको गुनासो गरेका छन् ।
अनौपचारकि क्षेत्र सेवा केन्द्र इन्सेकको सहयोगमा मानवअधिकार निगरानी समुह मोरङले आयोजना गरेको कार्यक्रममा सहभागि बालबालिकाहरुले यस्तो गुनासो गरेका हुन् । कार्यक्रममा बोल्दै उनीहरुले सामुदायिक विद्यालयका शिक्षकहरु समयमै विद्यालय नआउने र नियमित कक्षा सञ्चालन हुन नसक्दा पठन पाठन प्रभावित भएको गुनासो गरे ।
जनता मा.वी भातिगछ की खुस्बुकुमारी मण्डलले विद्यालयमा शौचालयको राम्रो व्यवस्था नहुदा आफुहरुलाइ निकै समस्या हुने गरेको बताइन् । त्यस्तै भातिगछकै श्रीमाध्यमिक विद्यालयमा अध्ययनरत इसा गुरुङले विद्यालयमा शिक्षक शिक्षिकाहरु समयमा नआउने र खेलकुदका सामगी्रहरु समेत केहि नहुदा पठन पाठनमा समस्या हुने गरेको बताइन् ।
विद्यालयका प्रधानाध्यापकहरुले शिक्षकहरु ढिलो आउने र चाडो जाने विषय स्वीकार्दै त्यसलाई सुधार्ने बताए । जनता मावी भातिगछका प्रधानाध्यापक सिताराम मण्डलले शिक्षकको कमी कमजोरी सुधार्ने बताउदै अभिभावकहरुले पनि ब्यवस्थापन समितिमा बस्न झगडा गर्ने तर विद्यालय ब्यवस्थापन, गुणस्तर बृद्धि, विद्यालय भर्ना, ड्रप आउट रोक्न सहयोग नगर्ने गुनासो गरे ।
कार्यक्रममा बोल्दै जिल्ला शिक्षा कार्यालय मोरङमा उप जिल्ला शिक्षा अधिकारी दिब्यराज कट्टेलले समयमा विद्यालय नआउने र पुरा समय नपढाउने शिक्षकहरुलाइ कारवाही गरिने बताए । उनले विकट ठाउँमा शिक्षकहरु समयमै पुग्ने तर सजिलो ठाउँमा हेलचेक्राइ गर्ने गरेको भन्दै अनुगमन गर्ने बताए ।
त्यस्तै इन्सेक क्षेत्रीय कार्यालय प्रमुख सोमराज थापाले शिक्षा बिना आँखा भएर पनि नदेख्ने हुने भएकोले परिबर्तित सन्दर्भमा गुणस्तरिय शिक्षा प्रदान गर्दै सक्षम बनाउन सबैले पहल गर्नुपर्ने बताए ।
कार्यक्रममा बुधनगर, भातिगछका मानवअधिकार निगरानी समुहका प्रतिनिधी तथा विद्यार्थीहरुले शिक्षकहरु ढिलो आउने र चाडो फर्किने हुदा कोर्ष पुरा नहुने गुनासो गरे । उनिहरुले खाजा भत्ता, छात्रबृतिहरु समयमै नदिने र पारदर्शि नभएको गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर