उर्लाबारी, ३० चैत/ स्थानीय निकायको चुनाव नजिकदै गर्दा राजनीतिक दलहरु यतिबेला उम्मेदवार छनौटमा व्यस्त छन् ।
उर्लाबारी–२ बाट नेपाली कांग्रेसको तर्पmबाट राजन कडेँलको नाम पनि चर्चामा आएको छ । स्थानीय स्तरमा लोकप्रिय छवि बनाएका कडेँल अपांग भएपनि सपांग जस्तै पार्टी राजनीति र सामाजिक कार्यहरुमा सक्रिय छन् । गाँउस्तरमा आर्थिक अभावबाट पढाइबाट वञ्चित रहेका बालबालिकाहरुलाई कडेँलले निःशुल्क रुपमा निजी विद्यालयमा पढाइदिदै आएका छन् ।
साविक उर्लाबारी ८ का कांग्रेस सभापति कडेँलले भने–‘विकास निर्माणमा अपांग÷सपांग भन्ने हुदैन । यो त भिजनले गर्ने हो । ’
स्थानीय जीवन थापाले भने–‘उहाँ एक अपांग भएपनि सपांगको भन्दा सक्रिय हुनुहुन्छ । ’ कडेँल स्थानीय स्तरमा लोकप्रिय छन् । उनकै कार्यकालमा साविक वडा नम्बर ८ का अधिकांश मानिसहरु कांग्रेसमा प्रवेश गरेका छन् ।