AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ग्रामिण क्षेत्रमा प्रभावकारी सेवा लानुपर्नेमा जोड

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० चैत्र २०७३, बुधबार १८:०९
3
Shares
विराटनगर, ३० चैत्र / जिल्ला कृषि विकास कार्यालयले प्रदान गर्ने सेवा सुविधाहरुलाई ग्रामीण क्षेत्रमा अझ प्रभावकारी ढंगले लानु पर्ने सरोकारवालाहरुले बताएका छन ।
मानवअधिकार निगरानी समुह मोरङको आयोजनामा स्थानिय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तरगत आज विराटनगरमा जिल्ला कृषि विकास कार्यालयले प्रदान गर्ने सेवा तथा किसानको समस्याका विषयमा आयोजना गरीएको छलफल कार्यक्रममा सहभागिहरुले मल विउ, नपाउने, कृषि ऋणमा पहुच नहुनु, परम्परागत खेती प्रणालीलाई आधुनिक बनाउने जस्ता कुरामा किसान अझै अनविज्ञ रहेको भन्दै सेवा प्रभावकारी बनाउन आग्रह गरीएको हो ।
कार्यक्रममा बुधनगर,भागिगछ, सिद्राहाका मानवअधिकार निगरानी समुहका प्रतिनिधीहरुले मोरङ माछा उत्पादन जोनको रुपमा विकास हुदै गरेको अबस्थामा यी क्षेत्रभित्र पर्ने परम्परागत माछा पोखरी ब्यवस्थापन तथा तालिम दिलाउन आग्रह गरेका छन ।
कार्यालयले अहिले दिदै आएको सेवा तथा भावि योजना तथा अनुदानको विषयमा जानकारी गराउदै बरिष्ठ कृषि विकास अधिकृत मनोज यादवले परम्परागत रुपमा माछा पालन गर्दै आउनुभएका किसानहरुलाई सल्लाह तथा तालिम दिने बताए । उनले कृषिसंग सम्बन्धीत विषयमा कार्यालयमै आएर वा प्रतिनिधीसंग छलफल गरेर र सुचिकृत विउ तथा मल मात्र प्रयोग गर्न आग्रह गरे । उनले निर्वाहमुखी नभई ब्यवसायमुखी भएर किसानले उत्पादनमा लाग्नु पर्ने बताए ।
त्यसैगरी इन्सेक क्षेत्रीय कार्यालय विराटनगरका संयोजक सोमराज थापाले सेवा प्रदायक र निगरानी समितिले सहकार्यमा काम गर्दै उत्पादन बढाउन लाग्नु पर्ने भन्दै यसले खाद्य सुरक्षाको अभियानमा सधाउने बताए । इन्सेकले जिल्ला तथा गाविस स्तरमा निगरानी समुह गठन गरेर शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकारका क्षेत्रमा सेवा प्रदायक र सेवाग्राही विच समन्वय गराउने र खबरदारी गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर