विराटनगर, ३० चैत/ स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन व्यवस्थापन तथा सञ्चालन सम्वन्धि क्षेत्रीय गोष्ठी आजदेखि विराटनगरमा सुरु भएको छ ।
निर्वाचन कार्यालयको आयोजनामा भएको गोष्ठीमा मोरङ, सुनसरी, धनकुटा, भोजपुर तथा सप्तरी जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुको सहभागिता रहेको छ ।
गोष्ठीको उद्घाटन गर्दै निर्वाचन आयुक्त नरेन्द्र दाहालले हिमाल, पहाड , तराइ , मधेश सवैतिर एकै चरणमा निर्वाचन गर्ने गरी आयोगले आफ्नो काम अगाडी वढाएको वताए । उनले निर्वाचनका लागि सरकारले सवैतिर सुरक्षा व्यवस्था मिलाएकाले निर्वाद रुपमा आ–आफ्नो मतदान स्थलमा गएर सक्रिय भएर लाग्न मतदान अधिकृतहरुलाई आग्रह गरे ।
कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइराला, उच्च स्तरीय प्रशासन सुधार अनुगमन आयोगका अध्यक्ष काशीराज दाहाल, उच्च अदालत विराटनगरका कायम मुकायम मुख्य न्यायधिश विदुरविक्रम थापा तथा क्षेत्रिय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सन्जेल लगायतले गोष्ठिको महत्व माथि प्रकाश पारेका थिए ।