अनिल श्रेष्ठ
विराटनगर, २७ चैत जय मिडिया म्यानिजमेन्ट प्रा.लि.को आयोजनामा दोस्रो संस्करणको मिस्टर एण्ड मिस एसइइ प्रतियोगिता हुने भएको छ ।
प्रा.लिले आज विराटनगरमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको पहिलो चरणको अडिसन वैशाख ८ गते इटहरी र ९ गते विराटनगरमा हुने जानकारी गराएको हो ।
एसइइ परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरि आयोजना गरिएको प्रतियोगिताको फाइनल जेठ १५ गते विराटनगरमा हुने प्रा.लिका निर्देशक जयराज रायले जानकारी दिए । विद्यार्थीहरुलाई पढाईप्रति लगाब बढाउनुको साथै उनीहरुमा भएको प्रतिभा उजागर गर्न यस प्रतियोगिमा ठूलो भूमिका खेल्ने निर्देशक रायले बताए ।
पहिलो अडिसनबाट छनौट भएका प्रतियोगिहरुलाई वैशाख १५गतेदेखि बन्द प्रशिक्षणमा सहभागि हुनेछन् । यस प्रतियोगितामा एसइइ दिएका विद्यार्थीले भाग लिन पाउँनेछन् । प्रतियोगिताको बिजेता हुनेले ६ जना विराटनगरमा रहेको शिक्षादीपक कलेजमा छात्रवृद्धी दिने कलेजका अध्यक्ष भिम पराजुलीले जानकारी दिए ।