विराटनगर, २७ चैत / प्रथम अन्तर विद्यालय स्तरीय शिक्षक रिफ्रेसमेन्ट फुटसल प्रतियोगिताको उपाधि टैकीको स्मृति बोर्डिङ स्कूलले जितेको छ ।
विराटनगरमा शनिबार राती सम्पन्न भएको प्रतियोगितामा अपर्ण बोर्डिङ स्कूललाई ४– ३ गोल अन्तरले पराजित गरी स्मुतिले उपाधिमाथि कब्जा जमाएको हो ।
सुसाङ्ख्य नेपालको आयोजनामा भएको प्रतियोगिताको फाइनलको म्यान अफ द फाइनल स्मृतिका सुजन दाहाल घोषित भए । प्रतियोगितभरी हाई स्कोर गर्ने पोलस्टार बोर्डिङ स्कूललका दिनेश उरावँ भए भने अनुसाति टिम बिकेभिएम घोषित भयो । प्रतियोगिताको म्यान अफ द सिरीज अपर्ण स्कूलका आर्यन गिरी भए ।
प्रतियोगिताको बिजेता हुने खेलाडीहरुलाई एन्फाका केन्द्रीय उपाध्यक्ष सन्तोष बानिया, डाईनेमिकका प्रोफाइटर मनिष सहनी, सस्थागत विद्यालय सहकारीका अध्यक्ष विष्णु डंगोल, एजेलिया बार्डिङ स्कूलका प्रिन्सिपल सेवक बजगाई, प्याब्सन मोरङका लेखा समिति सदस्य हिरा थापालगायतले बितरण गरेका थिए ।
चैत २३ गतेदेखी सञ्चालन भएको प्रतियोगितामा विराटनगरको १६ निजी स्कूलका शिक्षकहरुको सहभागिता रहेको थियो ।