गोपाल काफ्ले
पथरी,२६ चैत / मोरङको पथरीशनिश्चरे १० मा रहेको भुटानी शणनार्थी सिबिरमा आगलागी भएको छ ।
शनिश्चरे सिबिरको जि टु हट नं.चौधमा आज साँझ ४ बजेको समयमा आग्लागी भएको हो । कर्णबहादुर पाण्डेको घरमा सुत्केरीलाई खाजा बाउने क्रममा ग्यास पड्किएर आग्लागेको हो ।
अमेरिका जानलाई ओरिन्टेसन र डेट पर्खेको १० जनाको परिवारमा २ वृद्धवृद्धा १ महीनाको सुत्केरी १ सुस्त युवक २ नाबालक बस्दै आएका छन ।
आगलागीबाट अमेरिका जान गरिएको सपिङ, नगद, सुनचादी, डिक्सहोम, टिभी, सोलर र बेट्री गरी ४ लाख बराबरको धनमाल नस्ट भएको छ । आगो नियन्त्रण पथरी इलाका प्रहरी कार्यालय र स्थानीय बासिन्दा मिली गरीएको थियो ।
दमक बारुण यन्त्र भने आगो निभीसके पछि आएको थियो । सिबिरमा बस्ने अधिकान्श शणनार्थीहरु तेस्रो मुलुक प्रस्थान भएकाले शिबिर खाली हुदै गएको छ ।