मोर्चा विना चुनावमा जादा मुलुकमा द्वन्द्व सिर्जना हुने खतरा– कोइराला
पूर्वाञ्चल खबर
२६ चैत्र २०७३, शनिबार १४:०४
3
Shares
फाइल तस्वीर
विराटनगर, २६ चैत / नेपाली कांगे्रसका महामन्त्री शंशाक कोइरालाले व्यवस्थापिकाको नियन्त्रणमा न्यायपालिका राख्न आवश्यक रहेको वताए ।
विराटनगर विमानस्थलमा आज संचारकर्मीसंग कुराकानी गर्दे कोइरालाले यस्तो बताएका हुन् । नेपाल प्रहरीको आईजिपी नियुतिmका विषयमा सरकार निर्णयमा पुग्न नसकिरहेको वेला कागे्रस महामन्त्री कोइरालाको यस्तो धारणा राखेका हुन् । उनले नेपाल प्रहरीको आईजीपी नियुतक्ति गर्ने विषय सरकारको कार्यक्षेत्र भित्र पर्ने भए पनि अदालतले यस विषयमा अनावाश्यक हस्तक्षेप गरेको उनको भनाई थियो ।
महामन्त्री कोइरालाले स्थानीय तहको चुनावामा मधेसी मोर्चालाई साथमा लिएर जानु पर्ने वताए । महामन्त्री कोइरालाले मधेसी मोर्चाको सहभागिता विना चुनावमा जादा मुलुकमा द्वन्द्व सिर्जना हुने खतरा हुने बताए । उनले स्थानीय तहको चुनावको मिति कुनैपनि हालतमा सार्न नमिल्ने वताउदै आगामी वैशाख ३१ गते हुने चुनावका लागि मधेसी मोर्चालाई सहभागी गराउन सरकारले हरसम्भव प्रयास गर्नु पर्ने वताए ।
मधेसी मोर्चालाई चुनावामा ल्याउन सिमाङकन वाहेका सवै मागलाई सम्वोधन गर्न सकिने उनको भनाई थियो ।