पूर्वाञ्चल खबर
विराटनगरमा रहेको हिमालय दर्शन कलेजले विद्यार्थीहरुको बहुप्रतिभा खोजी गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको सेमिफाइनलबाट फाइनलमा १३ जना छनौट गरिएको हो ।
शुक्रबार कलेज परिसरमा भएको सेमिफाइनलमा २५ जनाको सहभागिता थियो । उनीहरुबाट उत्कृष्ट प्रतिभा देखाउँने १३ जना प्रतियोगि फाइनलमा पुगेका कलेज प्रमुख भरत सापकोटाले जानकारी दिए । प्रतियोगिताको फाइनल वैशाख ९ गते हुनेछ ।
प्रतियोगिताको निर्णायकहरुमा गायक ज्योती सुब्बा, झोराहाट नाटक घरका अध्यक्ष भरत गुरागाई, नृत्य निर्देशक दिपेन थाप र अर्जुन श्रेष्ठ रहेका थिए । सेमिफाइनलमा पुगेका प्रतियोगिहरुलाई नृत्य निर्देशक समिक्षा थापा र बाध्यबाधक दिपेन थापा प्रशिक्षण दिएका थिए ।
प्रतियोगितामा सेमिफाइनलमा प्रतियोगिहरुले गायन, नृत्य, नाटक, कविता, चित्रकाला आदी प्रस्तुत गरेका थिए । फाइनलमा पुगेका १३ जना प्रतियोगिहरुलाई नृत्य निर्देशक कार्की र बाध्यबाधक थापाले प्रशिक्षण दिएर फाइनलमा उतार्ने कार्यक्रम संयोजक सुमन श्रेष्ठले जानकारी दिए ।