खबर पूर्वाञ्चल
विराटनगरमा आज शुक्रबार भएको क्षेत्रीय सुरक्षा भेलामा १६ वटै जिल्लाका सहभागि भएका सुरक्षा प्रमुखलाई गृहन्त्री निधीले अहिले शान्ति सुरक्षाको अवस्था सामान्य देखिएको हुनाले निर्वाचनको समयमा बिखण्डनकारी र चुनाव हुन नदिने तत्वहरुले चुनौति दिने भएको चनाखो भएर सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएका हुन ।
जिल्लाहरुमा हुने अपराधिक गतिविधलाई पूर्ण रुपमा नियन्त्रण गर्न सबै जिल्लाको प्रमुख जिल्ला अधिकारीसहित सबै सुरक्षा निकायको प्रमुखलाई गृहमन्त्री निधीले निर्देशन दिएका छन् । उनले निर्वाचनको समयमा मतदाता, निर्वाचन आयोगको सुरक्षा देखी उम्मेद्वारीको पूर्ण रुपमा सुरक्षा प्रदान गरी भयरहित वातवरणमा चुनाव गराउँन सुरक्षा प्रदान गर्न सुरक्षा निकाय लागि पर्ने बताए ।
उनले भने,‘स्थानिय निकायको चुनाव शान्तिपूर्ण भरयहरी वातवरणमा सम्पन्न हुनेमा म ढुक्क छु ।’ जिल्लामा हुने चुनौतिको विषयमा राष्ट्रिय सेवककर्मचारी देखी सुरक्षा निकायको प्रमुखसमेत जानकार भएको हुनाले सबै किसिमको चुनौति सावधान हुनेमा आस्वत रहेको उनले बताए ।
१ नम्बर प्रदेशमा भूमिगत समूहको चुनौति देखिएको हुनाले ती समूहलाई कस्तो निती अबिलम्बन गर्ने विषयमा घनिबुत रुपमा क्षेत्रिय भेलामा छलफल भएको बताइएको छ ।
सरकारले मधेशी सामुदायको समस्याको सावधन गरी मधेशी मोर्चा चुनावललाई भाग लिने वातवरण सिर्जना गर्न लागि परेको उनले बताए । दुई चरणमा निर्वाचन गराउँदा मधेशी मोर्चा निर्वाचनमा भाग लिन्छ भने सरकारले दुई चरणमै निर्वाचन गराउँदा कुनै अपती नहुने मन्त्री निधीको भनाई थियो ।
क्षेत्रीय भेलामा पूर्वाञ्चलका १६ वटै जिल्लाको प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी बलका प्रमुख, राष्ट्रिय अनुसन्धनका प्रमुख, नेपाली सेनाको प्रमुखहरुको सहभागिता रहेको थियो ।