AArya
RUMPUM
animated ellipse animated ellipse

विराटमा मेडिकलमा सेवा विस्तार, सहुलियत कार्ड बाडने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ चैत्र २०७३, बिहीबार १८:५२
3
Shares
विराटनगर, २४ चैत / मोरङको टंकिसिनुवारीमा रहेको विराट मेडिकल कलेट टिचिङ हस्पिटलले पारिवारिक सहुलियत कार्ड वितरण गर्ने भएको छ ।

कलेजको हातामा बिहीबार पत्रकार सम्मेलन गरी विभिन्न छुट सुविधा उपभोग गर्ने सर्वसाधरणका लागि सहुलियत कार्ड उपलब्ध गराउने भएको हो ।

सहुलियत कार्ड पाउने सर्वसाधारणले ओपिडी निःशुल्क, फार्मेसीमा ५ प्रतिशत, ल्याब तथा अन्य डाइग्नोष्टिकमा १५ प्रतिशत, अल्ट्रासाउण्ड र सिटी स्क्यानमा २५ प्रतिशत, लिथोट्रिप्सी (किड्नीको पत्थरी) २५ प्रतिशत, चिरेर गरिने शल्यक्रियामा २५ प्रतिशत, ल्याप्रोस्कोपीक अप्रेशनमा १० प्रतिशत छुट पाउनेछन् । यस्तै जनरल वार्ड चार्जमा २५, आइसियू, एनआइसियु र भेन्टिलेटर शुल्कमा पनि १५ प्रतिशत छुट पाउने कलेजले जनाएको छ । यसअघि पनि कलेजले दुरविनबाट एपेन्डिक्स र पित्तथैलीको पत्थरीको अपरेशन विशेष छुट १४ हजार ४ सय ९९ मा र दुरबिन विना पाठेघर, किड्नीको पत्थरीको अपरेशन २५ हजारमै गराउँदै आएको थियो । यस्तै चिरेर गरिने कुनैपनि मेजर अपरेशन १२ हजार ५ सय र इन्टरमेडिएट अपरेसन ६ हजार ५ सय, माइनर अपरेसन ३ हजारमै गर्ने कलेजले जनाएको छ ।

यस्तै कलेजले अहिले केही थप दिने भनेको सुविधामा गर्भवती महिलाको लागि प्रत्येक बुधबार निःशुल्क जाँच गर्ने र ल्याब टेष्टहरुमा १५ प्रतिशत र अल्ट्रासाउण्डमा ५० प्रतिशत छुट दिने जनाएको छ । यस्तै मेरुदण्ड भाँचिएको, ढाडको नसा च्यापिएको र कुनै किसिमको ट्युमर वा इन्फेक्सन भएको, सानै देखि वा जन्मजात ढाड बांगिएको अपरेसनको शुल्क पनि छुट सहित १२ हजार ५ सयमै गर्ने कलेजका बोर्ड अफ डाइरेक्टर रत्ना कोइरालाले बताए । कलेजले राजमार्गमा दिनहुँ हुने सडक दुर्घटनालाई मध्यनजर गर्दै छिट्टै ट्रमा सेन्टरसमेत संचालन गर्ने जनाएको छ ।

यस्तै दुर्घटनाम परी हड्डी निस्किएको, जोर्निमा भएको समस्या, पिप जमेर जोर्नी खराब हुने समस्या, हड्डी भाँचिएर रगत जम्ने समस्या, हड्डीमा पिप जम्ने समस्या तथा नसा च्यापिएर पिसाव रोकिने समस्याको आकस्मीक उपचार गर्नुपरेमा निःशुल्क गरिने कलेजका सर्जन डाक्टर सुवास चन्द्र झाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर