AArya
RUMPUM
animated ellipse animated ellipse

टंकीमा बुढीगंगा महोत्सव हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ चैत्र २०७३, बिहीबार १८:४९
36
Shares
विराटनगर, २४ चैत्र÷ मोरङको टंकीसिनवारीमा बुढीगंगा कृषि तथा औद्योगिक महोत्सव २०७४ हुने भएको छ ।

स्थानिय स्वतन्त्र युवा समाज नेपालको आयोजनामा आउँदो वैशाख ७ देखी १६ गतेसम्म बुढीगंगा गाउँपालि – २ मा महोत्सव हुने भएको हो ।

आयोजक समितिले टंकिसीनवारीमा बिहीबार पत्रकार सम्मेलन गरी स्थानिय स्थरमा उत्पादन भएको कृषि तथा औद्योगिक क्षेत्रबाट उत्पादन भएको वस्तुको प्रर्वद्धन गर्ने उद्देश्यले १० दिने महोत्सव आयोजना गरिएको समाजको अध्यक्ष प्रभाकर राना मगरले जानकारी दिए । महोत्सवमा कृषि जन्यवस्तुदेखी औद्योगिक क्षेत्रबाट उत्पादन भएको बस्तु गरी ३० वटा स्टल रहने आयोजक समितिको सचिब राजेश न्यौपानेले जानकारी दिए ।

महोत्सवमा अटोमोवाइल्स, साना तथा घरेलु उत्पादन र हस्ताका सामाग्री, सूचना प्रविधि तथा मोवाइल, शैक्षिक, वैंक तथा वित्तिय संस्था, होटल तथा रेष्टुरेन्टको परिकारहरु महोत्सवमा रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर